फिचर : यस्तो छ यामाहाको  रे जेडआर

यामाहाका स्कुटर आफैमा अलि फरक खाले हुन्छन् । नेपाली बजारमा पहिले देखि नै यसका विभिन्न मोडल उपलब्ध छन् ।

पछिल्लो समयमा ब्लुकोर प्रविधिका स्कुटर उपलब्ध गराए पछि त झन् यामाहाका उत्पादन थप लोकप्रिय बन्न थालेका छन् ।

पछिल्लो समयमा यामाहाको नेपालका लागि आधिकारिक बितरक एमएडब्ल्यु इन्टरप्राइजेजले पुर्ण रुपमा स्पोर्टी लुक्समा उपलब्ध यामाहाको रे जेडआर स्कुटरलाई नेपाली बजारमा उपलब्ध गराइरहेको छ । नेपाली बजारमा पहिले देखि नै उपलब्ध यामाहा फेसिनो, रे जेड र अल्फा पछि अब थप मोडल थपिएको हो ।

रे जेडआरले पछिल्लो ट्रेन्ड मन पराउने सेन्सिटिभ योङ राइडरलाई सन्तुष्टी प्रदान गर्ने विश्वास गरेको छ । यसमा उपलब्ध ‘सेन्स अफ डाइनामिज्म’ सहितको एक्सटेरियर डिजाइन र ‘लेयर्ड फर्म’ ले पहिलेका अन्य स्कुटर भन्दा फ्रेस लुक्स प्रदान गरेको छ ।

नेपाली बजारमा पहिले देखि नै उपलब्ध यामाहाको रे जेड स्कुटरकै डिजाइनको भाषा यसमा प्रयोग गरिएको छ । राम्रो तरिकाले सजाइएको र शक्तिशाली फ्रन्ट मास्क, उपयुक्त तरिकाले मिलाइएका सिधा लाइन र सेन्स अफ स्पिडको पहिचान दिलाउने गरी पछिल्लो भागमा गरिएको डिजाइनका कारण यो स्कुटर स्पोर्टी र हेभी समेत लाग्छ ।

त्यसैगरी स्पेसियस लेग स्पेस, २१ लिटरको स्पेसियस अन्डरसिट स्टोरेज तथा बाक्लो कुसनसहितको ट्यान्डम सिटले यसलाई थप व्यावहारिक र सुविधायुक्त बनाएको छ ।

रे जेडआर स्कुटरमा एयरकुल्ड फोर स्ट्रोक, एसओएचसी, टु भल्व तथा ११३ सिसीको ब्लुकोर इन्जिन प्रयोग गरिएको छ, जसमा सिभिटी ट्रान्समिसन युनिट छ । सिभिटी युनिटले सुरुमा र पछि चलाउदै गर्दा पनि स्मुथ एक्सिलरेसन प्रदान गर्छ । ग्ल्यामरस डिजाइन र प्रयोगकर्ता मैत्री हिसावले यसमा विभिन्न प्रकारका डिजाइन उपलब्ध छन् ।

यसले हाई कम्बसन इफिसियन्सी प्रदान गर्छ, जसले गर्दा नै स्ट्यान्डर्ड टेस्ट कन्डिसनमा यसले ६६ किलोमिटर प्रतिघण्टासम्मको माइलेज दिने कम्पनीको दावी छ ।

यामाहा रे जेडआरमा नयाँ प्रकारले डिजाइन गरिएको इन्स्ट्रयुमेन्ट क्लस्टरको प्रयोग गरिएको छ, जसले रातमा समेत राम्रो काम गर्छ । अघिल्लो भागमा आधा लिटरको बोतल राख्न मिल्ने पकेट साइज तथा ब्याग झुन्ड्याउनका लागि हुक समेत छ ।

यसमा भएको की सटर लकिङ सिस्टम नयाँ फिचर हो, जसका कारण स्कुटर चोरी हुने डर हुँदैन । यसमा प्रयोग भएको टेल लाइटले स्कुटरलाई नयाँ लुक्स प्रदान गर्न भूमिका खेलेको छ । ट्युबलेस टायर तथा रोबुस्ट बडीका कारण स्कुटरलाई पर्फेक्ट स्पोर्टी लुक्स प्रदान गर्न भूमिका खेलेको छ ।
रे जेडआर डिस्क र ड्रम ब्रेकमा उपलब्ध छ ।

दुवै मोडल विभिन्न दुई कलरमा उपलब्ध छन् । ड्रम ब्रेक सहितको रे जेडआरको मूल्य १ लाख ९५ हजार ९ सय र डिस्क ब्रेक सहितको रे जेडआरको मूल्य २ लाख ३ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

Subscribe Now