Check, click, shop
यामाहाले ग¥यो आर २५ को ग्लोबल डेब्यु, आर १५ पश्चात फेरि युवाको आकर्षण हुने

यामाहाले युवाहरुलाई आकर्षित गर्नका लागि २०१९ मोडलको वाईजेडएफ–आर २५ को ग्लोबल डेब्यु गरेको छ । कम्पनीले हाल प्रचलित आर १५ प्रति युवाहरुको आकर्षणलाई देखेर अझै हाई पर्फमेन्सयुक्त रेसिङ बाइकको रुपमा आर २५ लाई बजारमा उतारेको हो ।

रेसिङ ब्लु, मेट ब्ल्याक र मेट रेड गरी तीन कलरमा यो बाइक उपलब्ध छ । यद्यपि हाल यसको बजार मूल्यको वारेमा जानकारी दिइएको छैन । अर्को बर्ष भारतीय बजारमा उपलब्ध हुने र त्यसपछि बल्ल नेपालमा पनि यो बाइक आइपुग्ने छ ।

आर २५ मा २५० सीसीको प्यारालल ट्विन लिक्विड कुल्ड इन्जिन छ, जसले ३५.५ एचपी पावर र २२.६ एनएम टर्क प्रदान गर्छ । इन्जिनमा ६ स्पिड गियर बक्स उपलब्ध छ ।

यामाहाले २०१९ मोडलको आर २५ मा एरोडाइनामिक बडी डिजाइन गरेको छ । यसको डिजाइन धेरै हदसम्म आर वान सुपरबाइकसँग मिल्दोजुल्दो छ । यसैका कारण बाइक निकै नै पावरफुल र स्पोर्टी देखिएको छ ।

बाइकमा स्प्लिट सिटका साथ एलईडी हेडल्याम्प र एलसीडी डिस्प्ले छ, यसका कारण बाइक राइडरले सबै प्रकारको जानकारी त्यहीबाट प्राप्त गर्न सक्छन् । यसको तौल १६६ किलोग्राम छ ।

आरामदायी यात्राका लागि बाइकमा रियर मोनोसक उपलब्ध छ । त्यसैगरी अघिल्लो भागमा अपसाइड डाउन फोक्र्स उपलब्ध गराएको छ ।

ब्रेकिङका लागि फ्रन्टमा सिंगल हाइड्रोलिक डिस्क छ भने रियरमा एबीएस र नन एबीएस गरी दुई भर्सनमा डिस्क ब्रेक छ ।

Subscribe Now