Check, click, shop
अटो शोमा यामाहा आर १५ भी ३.० : पहिलो पटक नेपालमा

काठमाडौं - यामाहा आर १५ भी ३.० पहिलो पटक नेपाल भित्रिएको छ । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा सो बाइक सार्वजनिक गरिएको छ ।

नेपालको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा आर १५ भी ३.० सार्वजनिक गरेको हो ।

यामाहा आर १५ भी ३.० मा १ सय ५५ सीसी सिंगल सिलिन्डर, ४ भल्भ तथा लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा प्रयोग भएको इन्जिनले १९ बीएचपी पावर र १५ एनएम टर्क प्रदान गर्छ ।

६ स्पिड गियरबक्स रहेको सो मोटरसाइकल प्रतिघन्टा १ सय ३५ किलोमिटरको गतिमा कुद्न सक्ने बताइएको छ ।

यसमा फुल एलईडी हेडल्याम्प र स्लिपर क्लच रहेको छ भने अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरका साथै एलईडी टेल ल्याम्प पनि दिइएको छ ।

नेपालमा यामाहा आर १५ भी ३.० को मूल्य ४ लाख १७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

Subscribe Now