Check, click, shop
जर्मनीमा आयो विश्वकै पहिलो हाइड्रोजन ट्रेन

जर्मनीमा हिजो देखि विश्वकै पहिलो हाइड्रोजनबाट चल्ने रेलले सेवा प्रारम्भ गरेको छ । चम्किला निलो रङका कोराडिया आइलिन्ट नामक रेलले उत्तरी जर्मनीको एक सय किलोमिटर रुटमा सेवा प्रारम्भ गरेका छन् ।

एक ट्यांकी हाइड्रोजन भएमा यी रेल एक हजार किलोमिटर सम्म गुड्न सक्ने छन् । यो भनेको डिजेल ट्रेन जत्तिकै रेन्ज हो ।

फ्रेन्च कम्पनी एल्स्टोमले निर्माण गरेका यी रेलले हाइड्रोजन र अक्सिजन मिसाएर विद्युत निकाली हाइड्रोजन फ्युल सेल उत्पादन गर्छन् । एल्स्टोमले नै जापानमा टीजीभी बुलेट ट्रेन निर्माण गरेको हो ।

थप १४ यस्ता हरिया सवारी साधनले आगामी सन् २०२१ देखि सेवा प्रारम्भ गर्ने छन् ।

अब डिजेलबाट चल्ने रेलबाट निस्कने जस्तो प्रदूषण हुने छैन । यसमा भएको ब्याट्री र मोटरलाई विद्युत उपलब्ध गराइने छ र यो इको–फ्रेन्ड्ली टेक्नोलोजी मानिन्छ । यसबाट बाफ मात्र निस्कने छ र यसले वातावरणलाई प्रदूषित गराउदैन ।

यद्यपि यो प्रविधि केही महंगो भने हुनेछ ।

ब्रिटेन, नेदरल्यान्ड, डेनमार्क, नर्वे, इटाली र क्यानाडाले पनि हाइड्रोज ट्रेन सञ्चालनका लागि कार्य गरिरहेका छन् । फ्रान्सको सरकारले आगामी सन् २०२२ सम्ममा हाइड्रोजन ट्रेन प्रयोगमा ल्याउने पहिले नै घोषणा गरिसकेको छ ।

Subscribe Now