Check, click, shop
जर्मनीले लन्च ग¥यो विश्वकै पहिलो अटोनोमस ट्राम, यस्ता छन् विशेषता

सडक दुर्घटनालाई कम गर्नको लागि जर्मनीले विश्वकै पहिलो अटोनोमस ट्राम सेवा प्रारम्भ गरेको छ । सो ट्राम स्वचालित रुपमा चल्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा मल्टीपल राडर लिडार (लाइट डिटेक्सन एण्ड रेन्जिङ) र क्यामेरा सेन्सर जडान गरिएको हुन्छ । जसले डिजिटल आँखाको जस्तै काम गर्छ । सो सिस्टम संयुक्त रुपमा साइडमा लगाएको सिग्नल्सले डिटेक्ट गरेको हुन्छ । यसले बाइक, कार तथा पैदल यात्रीहरुको स्थिति जाँच गरि ट्रामलाई आफै रोक्न मद्दत गर्छ जसले सडक दुर्घटना न्यून बनाउँछ ।

सिमेन्स कम्पनीद्वारा तयार पारिएको सो कम्बिनो ट्रामलाई जर्मनीको शहर पाट्सड्याममा ६ किलोमिटरको ट्रयाकमा शुरु गरिएको छ । आगामी दिनहरुमा यसको विस्तार अन्य देशमा पनि हुने विश्वास गरिएको छ ।

ट्राममा लगाइएको सेन्सर
जर्मनको बर्लिन सहरमा आयोजना भएको ट्रान्सपोर्ट एक्सपोमा सो अटोनोमस ट्रामको सफलतापूर्वक टेष्ट गरिएको थियो । उक्त परीक्षणमा आवश्यक परेको खण्डमा मद्दतको लागि ह््युमन ड्राइभरलाई पनि समावेश गरिएको थियो । परीक्षणको समयमा यसको अगाडि बाइक तथा कारहरु पार गराइएको थियो । सो अटोनोमस ट्रामको सेन्सरले ब्रेल लगाएका थिए र सुरक्षाको लागि गाडी रोकेका थिए । त्यसपछि ह््युमन ड्राइभरले फेरि अटोनोमस ड्राइभिङ सिस्टमलाई अन गरेका थिए ।

दक्ष व्यक्तित्व
द गार्जियनको रिपोर्ट अनुसार सो सवारी साधन ५० जना कम्प्यूटर साइटिस्टस्, इन्जिनियर्स, गणितज्ञ र भौतिक शास्त्री जस्ता दक्ष व्यक्तित्वद्वारा तयार पारिएको थियो । सिमेन्स मोविलिटीका सीईओ सबरीना सुसनले भनेका छन् कि सो ट्रामलाई बनाउनको लागि पहिला यसको इन्फ्रास्ट्रक्चरलाई धेरै इन्टेलिजेन्स बनाइएको थियो र सो प्रविधिको सहयोगद्वारा लोकल तथा लामो दुरीको यात्राको लागि सहज बनाइएको छ ।

जर्मनीको पब्लिक ट्रान्सपोर्टको ब्याकबोन हो ट्राम
जर्मनीमा सो ट्राम पब्लिक ट्रान्सपोर्ट सिस्टमको ब्याकबोन भएको दावी गरिएको छ । सबैभन्दा पहिले सो ट्राम १८८० मै शुरु गरिएको थियो । साधारण व्यक्तिहरुले यस प्रकारको ट्रान्सपोर्ट आवश्यकता भएको बताएका छन् । हालको लागि १८७ किलोमिटर क्षेत्रफल भएको सो क्षेत्रमा २८.९ किलोमिटरको रुट ट्रामले कभर गरेको छ ।

यस्तो छ यस प्रविधिको विकासको कारण
पाट्सड्याम शहरको जनसंख्या १ लाख ७२ हजार रहेको छ र यो संख्या तीव्र गतिमा बढीरहेको छ । यसैलाई ध्यानमा राखेर अटोनोमस ट्रामलाई तयार पारिएको थियो । आउने समयमा सो ट्रामले नवीकरणीय उर्जाको काम गर्ने र एक पटकको यात्रामा २५० जना मानिस बोक्न सक्ने क्षमता रहेको छ ।

अटोनोमसमा २ जना ह्युमन ड्राइभर पनि हुने
एक रिपोर्ट अनुसार सो ट्राममा अन्य ह्युमन ड्राइभर राखिएका हो । सो प्रविधिको कारण कुनै पनि कर्मचारीको जागीर नजाने अभिव्यक्ति कम्पनीले दिएको छ ।

Subscribe Now