विश्वकपको रङले रंगिए यी गाडी

जेष्ठ ३१,२०७५
विश्वकपको रङले रंगिए यी गाडी

भारतको पूर्वोत्तर र दक्षिणी राज्यमा अन्य राज्य भन्दा विश्व कप फुटबलको क्रेज बढी छ । दक्षिणमा पनि केरला सर्बाधिक अगाडि छ । यसै कारण नै धेरै मानिसहरु आफ्नो गाडीलाई आफ्नो मन पर्ने देशको टिमको थिममा रंगाएका छन् वा त्यस्तै स्टिकर लगाएका छन् ।

स्कुटर देखि अटो रिक्सासम्म यसमा सामेल छन् ।

एक फ्यानले होन्डा एक्टिभा स्कुटरलाई अर्जेन्टिना टिमको थिममा रंग लगाएका छन् र स्टिकर पनि लगाएका छन् । भारतमा अधिकांशको रोजाई अर्जेन्टिनाका लियोनल मेस्सी छन् ।

यस्तै बजाज आरई ६० मा पनि अर्जेन्टिनाकै थिम छ । बजाज आरई ६० अटोलाई पुरै त्यही कलरमा रंगाइएको छ । यसको अघिल्लो सिसाको दुवै भागमा लियोनल मेस्सीको तस्बिर राखिएको छ ।

भारतमा होन्डा एक्टिभा पछि होन्डा डियोको बिक्री धेरै छ । यसलाई युवाहरुलाई लक्ष्यित गरी निर्माण गरिएको छ । यसको मूल्य पनि एक्टिभा भन्दा कम छ र स्पोर्टी पनि छ । यस्तै खाले होन्डा डियोलाई पनि अर्जेन्टिनाको थिममा रंगाइएको छ । यसको पनि अघिल्लो भागमा लियोनल मेस्सीको तस्बिर छ ।

भारतमा ब्राजिलको समर्थक पनि धेरै छन् । यामाहाको स्कुटरमा ब्राजिलका खेलाडी नेइमार र ब्राजिलको थिमले सजाइएको छ । यामाहा वाईजेडएफ आर १५ मा ब्राजिल फुटबल टिमको कलरले पुरै रंगाइएको छ । अघिल्लो भागमा नेइमारका साथै अन्य ब्राजिलियन खेलाडीको तस्बिर समेत छ ।

यस्तै एक अटो रिक्सा पनि ब्राजिलियन फुटबल टिमको रङले रंगाइएको छ । यसमा धेरै स्टिकर पनि टाँसिएको छ । यसमा ब्राजिलियन खेलाडी नेइमार र टिमको स्टिकर छ ।


कमेन्ट गर्नुहोस्