सोमवारवाट चन्द्रागिरी यातायातका महिलामैत्री बस सञ्चालनमा

काठमाडौं - आगामी सोमवारवाट उपत्यकामा महिलामैत्री बस सञ्चान हुने भएका छन् । चन्द्रागिरी यातायात सेवा प्रालीले २९ गतेवाट २० वटा बसमार्फत सेवा शुभारम्भ गर्न लागेको छ ।

यि बसहरुमा महिलाहरुका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । अहिले कम्पनीमा १० वटा बस काठमाडौं आइपुगिसकेका छन् । अवको केहि दिनभित्रै थप १० वटा बस आइपुग्ने कम्पनीले जनाएको छ । २० वटा बसमार्फत पहिलो चरणमा सेवा सुरु गर्न लागेको कम्पनीले जनाएको छ । सो कम्पनीले ६० वटा बस ल्याएर सेवा विस्तार गर्ने योजना बनाएको छ । ४० वटा बस अर्डर गरिएकोमा २० वटा बस दशैंलगत्तै आउने भएका छन् ।

कम्पनीले महिलाहरुलाई विशेष प्राथमिकतामा राखेर बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिएको छ । अहिले कम्पनीले ल्याएका बसहरुमा ३६ सिट रहेका छन् । जसमा ११ वटा सिट महिलाहरुका लागि छुट्याइएको छ । अब ल्याउन लागिएका बसहरु ४० सिट क्षमतमका रहेका छन् । जसमा महिलाका लागि १३ सिट छुट्याइने कम्पनीले जनाएको छ । यि बसहरुमा सुत्केरी र गर्भवती महिलाका लागि विशेष सिटको व्यवस्था गरिएको छ । त्यसैगरि अशक्त र जेष्ठ नागरिकका लागि दुई/दुईवटा सिटको व्यवस्था गरिएको छ ।

अहिले ल्याएका २० वटा बसहरु बानेश्वर रुटमा सञ्चालन हुने कम्पनीले जनाएको छ । अव ४० वटा बसहरु आइपुगेपछि ति बसहरुले तीनवटा रुटमा सेवा दिनेछन । पहिलो रुटमा नागढुङ्गाबाट कलंकी-बालाजु-बसुन्धरा-टिचिङ-कान्ति-पुतलीसडक-त्रिपुरेश्वर-कालीमाटी-कलंकी हुँदै नागढुङगासम्म यि बसहरु सञ्चालन हुने छन् । त्यसै गरी दोस्रो रुटमा कलकी-त्रिपुरेश्वर-बानेश्वर-कोटेश्वर-ग्वार्को हुदै कलंकी बाट नागढुङगा बसहरु पुग्ने छन् । यस्तै तेस्रो रुटमा त्रिपुरेश्वरबाट कुपण्डोल-जावलाखेल-लगनखेल हुदै कलंकी निस्किएर नागढुङगा फर्कनेछन् ।

यि बसहरु बसस्टपमा मात्रै रोकिनेछन् । कम्पनिले यि बसहरुमा यात्रुहरुलाई सम्मानजनक ढङ्गले समयमा नै गन्तव्यमा पु¥याउने लक्ष्य रहेको जनाएको छ । यि बसहरुमा महिला परिचालक मात्रै हुनेछन् । परिचालिकाहरुका लागि पनि सिटको व्यवस्था गरिएको छ । साथै कम्पनीले बसमा प्यासेन्जर काउन्टिङ मेसिन, फ्रि वाइफाई, जिपिएस लगायतका सेवाहरु समेत राख्ने योजना रहेको वताएको छ ।

Subscribe Now