फक्सवागनले ल्यायो स्प्रिङ एक्स्चेञ्ज अफर
काठमाडौं – फक्सवागन गाडीको नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालले फक्सवागन स्प्रिङ एक्स्चेञ्ज अफर सञ्चालन गरेको छ । आज मार्च १४ देखि प्रारम्भ भएको सो अफर आगामी मार्च २० सम्म संचालन हुनेछ ।

सो अफर अन्तर्गत ग्राहकहरुले जर्मन प्रविधिको मास्टरपिस गाडीको धनी बन्ने मौका पाउनुका साथै वफादारी लाभांश, फ्रि सामानहरु, नगद छुट र सजिलो फाइनान्स सुविधाका साथसाथै दुई वर्ष सम्मका लागि असीमित किलोमिटरको वारेन्टी जस्ता अफरहरु समेत उपलब्ध गराइने छ ।

वसन्त ऋतुको आगमनले ल्याएको खुशीयाली र उमङ्गका साथमा बासन्ती यामको अनुपम अनुभूती दिलाउनुका साथै फक्सवागन गाडीहरु आफ्नो बनाउन उत्साहित हुने ग्राहकहरुले अतिरिक्त फाइदाहरुको हकदार बनेर व्यापक मुस्कान छर्ने अवधारणाका आधारमा सो अफर ल्याएको पूजा इन्टरनेसनल नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक बिजुक्छेले बताए ।

फक्सवागन कारहरु यसको गुणस्तर, सुरक्षा, कार्यकौशलता, आरामदायी तथा पावरका लागि प्रसिद्ध छन् । कारका मोडलहरु जर्मन इन्जिनियरिङको ज्वलन्त नमूना हुन् जुन सही र सटिक तवरले निर्माण भएका छन् । फक्सवागन कारहरु कम्प्याक्ट, साना र मझौला खाले यात्रुवाहक कारहरु, विभिन्न साइजका एसयुभीहरु लगायतका व्यवसायिक रुपमा हलुका र ढुवानीका गाडीहरुका लागि विश्वभर चर्चित भएको कम्पनीले जनाएको छ ।

Subscribe Now