Check, click, shop
आयो भेस्पाको सर्बाधिक सस्तो स्कुटर नोट १२५

पियाजियोले भारतीय बजारमा हाल सम्मकै सर्बाधिक सस्तो स्कुटर नोट १२५ लन्च गरेको छ । यसको मूल्य ६८ हजार ८ सय ४५ भारु तोकिएको छ ।

यो भन्दा पहिले भेस्पा १२५ भीएक्सएल सर्बाधिक सस्तो स्कुटर थियो । यसको मूल्य नोट १२५ भन्दा ४ हजार कम छ ।

इटालियन भाषामा नोटको अर्थ नाइट अर्थात रात हुन्छ । भेस्पाको यो स्कुटरमा सबै ब्ल्याक कलर ट्रिटमेन्ट छ । यसमा भएको म्याट ब्ल्याक कलर बाहेक मिरर, ह्विल र ग्रयाब रेल समेत सबै ब्ल्याक कलरमा उपलब्ध छ ।

मूल्यलाई सस्तो गराउनका लागि फ्रन्टमा ड्रम ब्रेक र ट्युब टाइपको टायर प्रयोग गरिएको छ ।

यद्यपि मेकानिकल रुपमा यो अन्य १२५ सीसी स्कुटर जस्तै छ । यसमा १२५ सीसी एयरकुल्ड इन्जिन छ, जसले १०.१ बीएचपी पावर र १०.६ एनएम टर्क प्रदान गर्छ ।

भेस्पाले यो भन्दा पहिले एसएक्सएल, भीएक्सएल र एलिगेन्ट भेरिएन्टमा स्कुटर उत्पादन गरेको छ । यो भेस्पाको चौथो भेरिएन्ट हो ।

 

Subscribe Now