Check, click, shop
यस्तो थियो इन्डोनेसियाको भेस्पा फेस्टिभल, पहिलो पटक ४५० सहभागी

प्रस्तुत तस्बिर इन्डोनेसियाको भेस्पा फेस्टिभलको हो । तीन वर्ष पहिले प्रारम्भ भएको सो फेस्टिभल कस्टमाइज बाइकको सर्बाधिक ठूलो फेस्टिभल बनेको छ ।

यो वर्ष पहिलो पटक ४ सय ५० मानिसहरु आफ्नो भेस्पा स्कुटरलाई मोडिफाई गरी उपस्थित भए । विभिन्न क्षेत्रबाट ७ हजार मानिसहरु यस्ता स्कुटरमा सवार भएर एकै स्थानमा भेला भए । उनीहरुको क्रिएटिभिटी हेर्नका लागि हजारौ मानिसहरु जम्मा भए ।

उक्त फेस्टिभल इन्डोनेसियाको पश्चिमी जाभास्थित केडिरी भन्ने स्थानमा हुन्छ । देशभरका भेस्पा स्कुटर प्रेमीहरु यहाँ जम्मा हुन्छन् ।

फेस्टिभलमा युवा, प्रौढ, मेकानिक्स र विद्यार्थीहरु आफ्नो मोडिफाई गरिएको स्कुटरका साथ उपस्थित हुन्छन् । उनीहरु भेस्पा स्कुटर प्रतिको आफ्नो लगावलाई यहाँ प्रदर्शन गर्छन् ।

उनीहरुले आफ्नो भेस्पा स्कुटरलाई मोडिफाई गरी भयंकर बाइक जस्तै बनाउछन् । यसमा भाग लिनका लागि एक मात्र शर्त के हुन्छ भने उनीहरुले भेस्पा स्कुटर मात्र मोडिफाई गर्न पाउछन् ।

फेस्टिभलमा मानिसहरु आफ्नो स्कुटरलाई ट्यांक वा मेसिन गनको रुपमा परिवर्तन गरी परिवारका साथ उपस्थित हुन्छन् । कुनै स्कुटरलाई मोडिफाई गरी २० वटा सम्म टायर राखिएको थियो ।

यद्यपि यसरी मोडिफाई गरिएका बाइक वा स्कुटर चलाउन त्यहाँ प्रतिबन्ध छ । ट्राफिक प्रहरीबाट बच्नका लागि उनीहरु रातमा समेत यात्रा गर्छन् ।
उक्त फेस्टिभलमा सहभागी हुनका लागि कुनै शुल्क लाग्दैन र पुरस्कार स्वरुप पनि केही पाइदैन ।

कस्टमाइज स्कुटर प्रेमीहरु भेला हुने एक बहाना मात्र हो उक्त फेस्टिभल ।

 

Subscribe Now