Check, click, shop
रेष्टुराँबाट खाना लिएर जानेछ ड्राइभरलेस गाडी, भेन्डिङ मेसिनबाट हुनेछ भुक्तानी

अब यस्ता दिन पनि नजिक आउँदै छन्, जसमा मानिसको सम्पर्क बिनै रेष्टुराँको खाना खान सकिने छ ।

एउटा ड्राइभरलेस अर्थात मानिस नै नभएको कारले रेष्टुराँको मिठो खान लिएर आउने छ र फर्किने छ । त्यो खानाको पैसा तिर्न फेरि रेष्टुराँ पुग्नु पर्ने छैन ।

गाडीमै भएको भेन्डिङ मेसिनमार्फत पैसा तिर्न सकिने छ ।

ड्राइभरलेस डेलिभरी भेइकलमा तापक्रम समेत नियन्त्रणमा राख्न सकिन्छ । त्यसैगरी यसमा भएको स्मार्ट भेन्डिङ मेसिनमा सेल्फीको सहायताले पैसा तिर्न सकिन्छ ।

यो एक प्रकारको दुई सिटे कार हो । चीनमा चलिरहेको स्मार्ट चाइना एक्सपोमा यसलाई प्रदर्शन गरिएको छ । मिचुआन नामक कम्पनीले यसको निर्माण गरेको हो ।

एक्सपोमा आगामी एक दुई वर्षमै बजारमा उपलब्ध हुने टेक्नोलोजी र इनोभेसन क्षेत्रका उत्पादन प्रदर्शन गरिएका छन् ।

यसमा ५ सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनकर्ताहरुको उपस्थिति छ । २८ देशका भिजिटर प्रदर्शन अवलोकनका लागि पुगेका छन् ।

Subscribe Now