Check, click, shop
आयो भारतकै पहिलो इलेक्ट्रिक हाइपर कार

भारतकै पहिलो अल–इलेक्ट्रिक हाइपर कार वाजिरानी सुल सार्वजनिक गरिएको छ । वाजिरानी अटोमोटिभद्वारा डिजाइन गरिएको सो हाइपर कार फोर्स इन्डिया एफ वान टिम र टायर निर्माता कम्पनी मिसेलिनको सल्लाह अनुसार निर्माण गरिएको हो ।

कम्पनीका सह–संस्थापक र चिफ डिजाइनर चंकी वाजिरानीले यसको डिजाइन गरेका हुन् । तौल कम गराउनका लागि यसलाई कार्बन फाइबर टब च्यासिसमा निर्माण गरिएको छ ।

वाजिरानीको सो हाइपर कारको चारै पांग्रामा इलेक्ट्रिक मोटर छ । यसमा ३ सय किलोग्रामको ब्याट्री प्याक छ, जुन गाडी चलिरहेको समयमा पनि चार्ज गर्न सकिन्छ ।

यसको टर्बाइनलाई इंग्ल्यान्डको कम्पनीको सिंगल रेसो ट्रान्समिसनसँग पेयर गरिएको छ । कम्पनीका अनुसार यसका कारण पेट्रोलको सहयोगले पनि गाडी चलाउन सकिन्छ ।

सो कारको वारेमा विस्तृत जानकारी भने अझै सार्वजनिक गरिएको छैन । यसमा स्पोर्ट्स कार जस्तै ह्यान्डलिङ दिनमा ध्यान केन्द्रीत गरिएको छ ।

यसमा ब्रेकिङ र चार्जिङका लागि राम्रो प्रविधिको प्रयोग गरिएको छ । सो कार अमेरिकाको क्यालिफोर्नियामा डिजाइन गरिएको हो र उत्पादन पनि त्यही गरिएको हो ।

आगामी सन् २०२० वा २०२१ सम्म यसको प्रोडक्सन भर्सन सडकमा देख्न सकिने अनुमान गरिएको छ ।

सो कार केही दिन अघि सम्पन्न गुडउड फेस्टिभल अफ स्पिडमा पहिलो पटक प्रदर्शन गरिएको थियो ।

Subscribe Now