स्वचालित ऊबर कार दुर्घटना
एजेन्सी । अकेरिकाको एरिजोनामा ऊबर कम्पनीको एक कार दुर्घटनामा परेपछि कम्पनीले स्वचालित (सेल्फ ड्राइभिङ) कारको अपरेसनलाई रोक लगाएको छ ।

शुक्रवार भएको दुर्घटनामा कुनै किसिमको मानविय क्षति नभएपनि कार सेल्फ ड्राइभिङ मोडमा रहेको थियो । सेल्फ ड्राइभिङ कार भएपनि कारमा चालकको उपस्थिती भने हुने गर्छ । जसले कुनै कारणवस कार नियन्त्रण बाहिर गएमा नियन्त्रण गर्ने गर्छन् ।

कुन किसिमको त्रुटिका कारण उक्त दुर्घटना भएको हो भन्ने जान्नका लागि पनि ऊबरले साँनफ्रान्सिस्को र पिटर्सबर्गमा आफ्ना सवारीसाधनहरू चलाउन रोक लगाएको छ ।

Subscribe Now