Check, click, shop
यी अवस्थामा टायर परिवर्तन गर्नु पर्छ, हेर्नुस् संकेत

अधिकाशं गाडी धनीहरु आफ्नो गाडीको टायर खराब भएको बारेमा सचेत हुँदैनन् । उनीहरु टायरको वारेमा खासै ध्यान दिदैनन् ।

गाडी धनीहरुलाई कहिले र कुन अवस्थामा टायर परिवर्तन गर्ने वा कति समयसम्म टायरको प्रयोग गर्ने भन्ने ज्ञान नहुन सक्छ । आउनुहोस् टायर परिवर्तन गर्नु पर्ने अवस्था वारेमा सचेत हुनु पर्ने अवस्थाका वारेमा जानौ ।

टायरको ट्रेडले टायर बदल्नु पर्ने अवस्थाको संकेत गर्छ । टायरको माथिल्लो भागमा ट्रेड हुन्छ र धेरै सडकमा गुडिरहे पश्चात यो खिइन थाल्छ । यदि टायरको ट्रेड १.६ मिलिमिटर भन्दा कम भयो भने यो नयाँ टायर आवश्यकता छ भन्ने स्पष्ट संकेत हो ।

टायरको आयु सडकले पनि निर्धारण गरेको हुन्छ । यदि गाडी कच्ची सडकमा चलाएको छ भने टायरको आयु कम हुन्छ र पक्की सडकमा चलाएको छ भने टायरको आयु अलि लामो हुन्छ । यदि टायर अलि उठेको देखिन थाल्यो भने पनि टायर परिवर्तन गर्नु पर्छ भन्ने बुझ्नुपर्छ ।

जति टायर पुरानो हुँदै जान्छ त्यति नै टायरको साइडमा क्र्याक हुन थाल्छ । शुरुमा यो कम मात्रामा हुन्छ तर समयसँगै यो क्र्याक ठूलो हँुदै जान्छ । यस्तो अवस्थामा पनि टायर परिवर्तन गर्नु पर्छ ।

गाडी चलाउँदा गाडीमा भाइब्रेशन आयो भने पनि सचेत हुनु पर्छ । कच्ची सडकमा भाइब्रेशन हुनु स्वभाविकै हो । तर पक्की सडकमा पनि भाइब्रेशन आएको खण्डमा पनि टायर परिवर्तन गर्नु पर्छ ।

टायरको बीच एक ग्यापमा बिट हुन्छ । यहाँ एक इन्डिकेटर बार हुन्छ । यसको उचाई टायरको ट्रेड वा बाहिरको सतह भन्दा कम हुन्छ । जब टायरको बाहिरी सतहको उचाई बिट बराबर हुन्छ । यो अवस्थामा पनि टायर परिवर्तन गर्नु आवश्यकता हुन्छ ।

Subscribe Now