अष्ट्रेलियामा बस चलाउदै छन् यी दुई पञ्जाबी युवती
Total
Tata tigro
भारतको पञ्जाबका दुई युवती अमनदीप कौर र हरमनप्रित अष्ट्रेलियाको सिड्नीमा सिटी बस चलाउदै रमाइरहेका छन् ।

३४ बर्षिया अमनदीप सन् २००८ मा एमए गरेपछि अष्ट्रेलिया गएकी थिइन् । यद्यपि उनको मन ड्राइभिङ क्षेत्रमै गयो । उनको गाउँ खन्नाको नजिक लिबडामा पर्छ । त्यहाँका ९५ प्रतिशत मानिस बस वा ट्रक ड्राइभर छन् ।

गाउँमा हुँदा उनलाई कहिल्यै पनि ड्राइभर बन्छु भन्ने लागेको थिएन रे । तर उनमा ड्राइभिङको शोख भने थियो । अष्ट्रेलियामा उनले ड्राइभिङ सिकिन् र हेभी लाइसेन्सका लागि आवेदन दिइन् । पास भइन् । अनि बस ड्राइभरको काम पाइन् ।

अमनदीपले हाल सिड्नीमा चलाउने बसमा स्थानीय सरकारकोृ समेत साझेदारी छ । उनको बसमा ८६ ब्यक्ति बस्न सक्छन् भने उनले साढे ७ घण्टाको ड्युटी पुरा गर्नुपर्छ ।

ड्युटीको समय निश्चित हुने र त्यसपछि घर परिवार तथा बालबालिकाको स्याहार सुसारमा लाग्न सकिने भएकाले यो महिलाहरुका लागि उत्तम कार्य भएको अमनदीप बताउछिन् ।

अमनदीपका पति नवदीप सिंहले पनि उनलाई निकै नै उत्साहित गर्छन् । उनीहरुका एक ७ बर्षका छोरा छन् ।

३४ बर्षिया हरमनप्रीतले पनि अमनदीपसँगै बस चलाउछिन् । पञ्जाबबाट एमबीए गरे पश्चात विवाह गरेर सिड्नी पुगेकी हरमनप्रीतले चाइल्ड केयरमा डिप्लोमा समेत गरिन् ।

उनले काम त पाइन् । तर सन्तुष्ट हुन सकिनन् । उनी पूर्णकालीन कामको खोजीमा थिइन् । हरमनप्रीतका श्रीमान् डिम्पी सन्धु पनि ट्रक ड्राइभर थिए । उनले ड्राइभिङ क्षेत्रमा आउन हरमनप्रीतलाई प्रेरित गरे ।

त्यसपछि उनले ड्राइभिङ सिकेर लाइसेन्स पनि ल्याइन् । अनि सिड्नीमा बस चलाउन थालिन् ।
सिड्नीका बसमा यात्रु र ड्राइभर वाहेक कोही कर्मचारी हुँदैनन् । स्वीच दबाएर आफै ढोका खोल्ने र बन्द गर्ने गर्नु पर्छ । टिकट पनि त्यसैगरी सहज तरिकाले लिन सकिन्छ ।

अधिकांशले कार्डको सहयोगले पैसा तिर्छन् । बसमा उपलब्ध मेसिनमा पन्च गर्दा आफसेआफ पैसा काटिन्छ ।

हरमनप्रीतका पनि एक छोरा छन् ।

Subscribe Now