लहानमा टीभीएस स्ट्राइकर मेला, नायक निखिल उप्रेती सहभागी

पुष २०,२०७४
लहानमा टीभीएस स्ट्राइकर मेला, नायक निखिल उप्रेती सहभागी

लहान – लहानमा टीभीएस स्ट्राइकर मेला लागेको छ । उक्त मेला अन्तर्गत सम्पन्न टीभीएस स्क्वाड ¥यालीमा नायक निखिल उप्रेती पनि सहभागी भए । नायक उप्रेती टीभीएस स्ट्राइकरको ब्रान्ड एम्बेसडर समेत हुन् ।


१२५ सिसी इन्जिन क्षमताको यो मोटरसाइकलको मूल्य १ लाख ७४ हजार ९ सय रुपैया तोकिएको छ । मोटरसाइकल तीनवटा रङ क्रिमसन ह्वाइट, भोल्क्यानो रेड र मेटालिक ब्लु गरी तीन रङमा उपलब्ध छ ।

टीभीएस स्ट्राइकरले ८.१ बीएचपी पावर र १०.८ एनएम टर्क प्रदान गर्छ । यसमा ४ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । यसको अगाडिको पांग्रामा डिस्क र पछाडिको पांग्रामा ड्रम ब्रेक रहेको छ । १०७५ मिलिमिटर उचाई रहेको यो मोटरसाइकलमा १४.५ लिटर क्षमताको इन्धन ट्यांकी छ ।

स्टाइलिस ट्यांकी भएको दाबी गरिएको यो मोटरसाइकलमा ट्युवलेस टायर प्रयोग गरिएको छ । यो मोटरसाइकलमा फुल्ली डिजिटल स्पिडोमिटर छ भने टेल ल्याम्पमा एलईडी प्रयोग गरिएको छ ।

यो मोटरसाइकल बिशेषतः नेपालकै लागि निर्माण गरिएको टीभीएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले बताएको छ ।

 

One Response to “लहानमा टीभीएस स्ट्राइकर मेला, नायक निखिल उप्रेती सहभागी”

  1. nepali babu says:

    all fine tara yo mula nekil le helmet kina na laga ko this give wrong scene… flop idea ever with wrong way

कमेन्ट गर्नुहोस्