Check, click, shop
नाडामा टीभीएस एनटर्क १२५ स्मार्ट कनेक्टेड स्कुटर सार्वजनिक

काठमाडौं – टीभीएसले भृकुटीमन्डपमा आयोजित नाडा अटो शो २०१८ मा एनटर्क १२५ स्कुटर सार्वजनिक गरेको छ । युवा वर्गको लागि लक्षित गरेर डिजाइन गरिएको एनटर्क स्कुटर टीभीएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिन युक्त रहेको छ ।

एनटक १२५ टेक्नोलोजी प्लेटफर्म टीभीएस स्मार्ट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ । यसको सुरुवाती मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ छ ।


सो स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै टीभीएस मोटर्सका रिजनल बिजनेस हेड एस. अरुण कुमारले निकै आकर्षक तथा फिचरको धनी स्कुटरको रुपमा नेपाली युवामाझ सो स्कुटर ल्याएको र यसले नेपाली उपभोक्ताको मन जित्ने विश्वास ब्यक्त गरे । यो स्कुटर सेग्मेन्टमा नै पहिलो डिजिटल कन्सोलको प्रयोग भएको स्मार्ट स्कुटर भएको उनले बताए ।


टीभीएसएनटर्क १२५ ले टीभीएस रेसिङ पेडिग्रीका कारण उच्च प्रदर्शन गर्ने बताइएको छ । बिगत ४ बर्षदेखि लगातार द रेसिङ च्याम्पियनसिप जितेर टीभीएस रेसिङ स्कुटर टिमले रेकर्ड कायम राखेको छ ।


टीभीएस एनटर्क १२५ मा न्यू जेनेरेसन सिभिटीआइ आरइभिभी १२६.७९ सीसीको सिगंल सिलिन्डर, ४ स्टोर्क, ३ भल्ब एयरकुल्ड इन्जिन रहेको छ । यसले ७५०० आरपीएममा ९.४ पिएस र ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।


इन्जिनमा प्रयोग भएको अतिरिक्त भल्भले यसको प्रदर्शन उच्च राख्दै उकृष्ट एक्सेलेरेशनका साथ ९५ किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन्छ ।


यस स्कुटरमा पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मिटर, फ्युल लेभल, स्पिड, इन्जिन टेम्परेचर र घडीजस्ता फिचर नर्मल मोडमा पाइन्छ ।


यस स्कूटरमा रहेको लो फ्यूल वार्निङले रिजर्वमा आएपछि कति दुरीपार गरेको छ भन्ने कुरा देखाउँछ । हेलमेट लगाउन भुल्नेहरुलाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखिन्छ जसले हेल्मेट नलगाई बाहिर निस्कने सम्भावना अत्यन्त न्युन रहन्छ ।


त्यसैगरी यसका लागि प्रयोगमा आउने एंकर एपले पनि कामको धेरै सूचनाहरु दिने गर्छ । राइड रिपोर्ट जेनरेट भए पश्चात् दूरी, टाइम, ट्राफिकको टाइम र पछिल्लो पटक स्कुटर पार्क गरेको स्थानजस्ता कुराहरुको जानकारी यस एपले दिने गर्छ ।


यसमा १२ इन्चको एलोई ह्विल दिइएको छ भने सेफ्टीको लागि फ्रन्ट डिस्क ब्रेक दिइएको छ । यसमा एलईडी डे टाइम रनिङ ल्याम्प भए तापनि हेडलाइट एलईडीमा छैन । अन्डर सिट स्टोरेज क्षमतासमेत राम्रो रहेको छ ।


१५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको इन्धन ट्यांकी छ । यो स्कुटर विभिन्न ५ रङमा उपलब्ध छन् । यो स्कुटरमा रहेको डिस्क ब्रेकले सुरक्षित यात्राको लागि निकै सहयोग पु¥याउनृ छ ।


नयाँ एनटर्क १२५ को आगमन पछि नेपाली बजारमा टीभीएसको उपस्थिति निकै बलियो भएको कम्पनीको दावी छ ।

Subscribe Now