Check, click, shop
नाडामा आउँदैछ टीभीएस एनटर्क स्कुटर

काठमाडौं – भारतीय बजारमा केही महिना आगाडि सार्वजनिक गरिएको टीभीएस एनर्टक स्कुटर आगामी भाद्र २६ देखि प्रारम्भ हुने नाडा अटो शोमा सार्वजनिक हुने भएको छ ।

१ सय २५ सीसी इन्जिन दिइएको यसले ९.३ बीएचपी पावर दिन्छ । १०.५ एनएमको टर्क उत्पादन गर्ने यस स्कूटरमा ३ भल्ब टेक्नोलोजीको प्रयोग गरिएको छ ।

स्कुटरमै पहिलो पटक मोबाइल कनेक्ट गर्ने अप्सन दिइएको छ । आफ्नो मोबाइलमा एक एप डाउनलोड गरेर ब्लूटुथबाट स्कुटरमा मोबाइललाई कनेक्ट गर्न सकिन्छ । त्यसपछि कसले कल वा म्यासेज गरेको छ भन्ने कुरा स्कूटरको डिजिटल कन्सोलमा देख्न सकिन्छ ।

यसलाई कम्पनीले भारतीय बजारमा ५८ हजार ७५० भारुमा बिक्री वितरण गरिरहेको भएपनि नेपालमा मूल्य सार्वजनिक गरिएको छैन ।

टीभीएसको नयाँ स्कुटर एनटर्क

Subscribe Now