Check, click, shop
आयो टीभीएस जुपिटर ग्रान्डी एडिसन, यस्तो छ मूल्य र विशेषता

टीभीएसले जुपिटर स्कुटरको ग्रान्डी एडिसन भारतीय बजारमा ल्याएको छ । दिल्ली एक्स–सोरुममा यसको मूल्य ५९ हजार ६ सय ४८ भारु तोकिएको छ ।

विशेष गरी फेस्टिभ सिजनलाई लक्ष्यित गरी यो स्कुटर भारतीय बजारमा उपलब्ध गराएको कम्पनीले बताएको छ । यो बेस, जेडएक्स र क्लासिक गरी तीन भेरिएन्टमा उपलब्ध छ ।

न्डी एडिसनमा फुल एलईडी हेडल्याम्प छ, जसका कारण पहिले भन्दा चम्किलो देखिन्छ । त्यसैगरी सहज तरिकाले लेआउट रिड गर्नका लागि सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरको प्रयोग गरिएको छ ।

अगाडिको भागमा एलिगेन्ट लुक प्रदान गर्न फ्रन्ट फेन्डरमा आवश्यक मात्रामा क्रोमको प्रयोग गरिएको छ । अघिल्लो भागमा ग्रान्डी ब्याज सहित ‘नम्बर वान जेडी पावर’ लेखिएको एप्रोन छ । यसबाट जेडी पावरले सुरक्षा र अन्य मामिलामा यसलाई नम्बर वान मानेको देखाउन खोजिएको छ ।

यसमा पहिलेकै जस्तो १०९.७ सीसीको इन्जिन छ, जसले ८ बीएचपी पावर र ८ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा भएका ड्रम ब्रेकलाई कम्पनीको सिंक ब्रेकिङ सिष्टम अर्थात एसबीएस उपलब्ध गराइएको छ । अघिल्लो भागमा रोक्ने क्षमता राम्रो गराउनका लागि डिस्क ब्रेक पनि अप्सनल रुपमा उपलब्ध छ । त्यसैगरी एक्सटर्नल फ्युल फिलिङ र यूएसबी चार्जिङ सुविधा समेत थप विशेषताका रुपमा उपलब्ध छन् ।

यी विभिन्न विशेषताका कारण ग्राहकले यस स्कुटरलाई रुचाउने कम्पनीले विश्वास गरेको बताएको छ ।

Subscribe Now