Check, click, shop
टीभीएसले ल्याउदै छ हाइब्रिड स्कुटर

टीभीएसले आगामी अगस्ट २३ मा नयाँ हाइब्रिड स्कुटर लन्च गर्ने तयारी गरेको छ । कम्पनीले सो स्कुटरको नाम आईक्युब राखेको छ ।

उक्त हाइब्रिड स्कुटरलाई सबैभन्दा पहिले २०१४ अटो एक्सपोमा प्रदर्शन गरिएको थियो । यसमा आईसीई अर्थात इन्टरनल कम्बसन इन्जिन र इलेक्ट्रिक मोटरको मिश्रण हुन सक्ने बताइएको छ ।

टीभीएसले सो स्कुटरको कन्सेप्ट चाहिं २०१० को अटो एक्सपोमै प्रदर्शन गरेको थियो ।

आईक्युबमा ११० सीसी, सिंगल सिलिन्डर पेट्रोल इन्जिन हुनेछ, जसले इलेक्ट्रिक मोटरसँग मिलेर काम गर्नेछ।

एक लिटर पेट्रोलमा सो स्कुटरले ७० किलोमिटर माइलेज दिने बताइएको छ । युवा ग्राहकलाई आकर्षण गर्नका लागि स्कुटरको मूल्य सके सम्म थोरै राख्ने बताइएको छ ।

यद्यपि यसको मूल्य भने सार्वजनिक भएको छैन ।

Subscribe Now