सीएफ मोटोमा टर्कीदेखि नेपाल

मोटरसाइकल एक मेसिन हो । यसमार्फत जमिनलाई नछोडेरै आकाशमा उडेको अनुभूती गर्न सकिन्छ । ट्राभलिङ र मोटरसाइक्लिङमा धेरै समानता छ । दुवैले यात्राको रोमान्चकता प्रदान गर्छन् । मात्र रोमान्चकतमा हराउन सक्नु पर्छ ।
टर्कीका नागरिक क्यान कुङगर र एर्किन येसिल यस्तै मोटरसाइकल यात्री हुन् । उनीहरु आफ्नो सीएफ मोटो ६५० एमटी बाइकमा टर्की हुँदै नेपाल आइपुगेका थिए ।

एर्किन शुरुमा सीएफ मोटो ४०० एन चढ्थे । त्यसको करिब ८ महिना पश्चात उनको सीएफ मोटो कम्पनीका आधिकारिक प्रतिनिधिसँग भेट भयो । उनले आफ्नो बाइकमा टर्कीका विभिन्न स्थानमा ७ हजार किलोमिटरको यात्रा गरे । यात्रापश्चात सीएफ मोटोको डिलर मिटमा विभिन्न क्षेत्रका राइडरहरुसँग भेट भयो । क्यान पनि त्यसमा सहभागी भएका थिए । त्यहाँ धेरै अन्तरक्रिया भयो । पछि इस्तानबुलमा सम्पन्न मोटरसाइकल प्रदर्शनीमा सीएफ मोटो चाइनाका कर्मचारीसँग भेट भयो । उनीहरुले त्यसपछि ६५० एमटी मोडल ल्याउने योजना बनाएका थिए । सो बाइकमा सवार भई दुई राइडरले यात्रा गर्ने सहमति भयो ।


उनीहरु बाइकमा राइड गर्दै चीन जाने योजना थियो । तर भिसा प्रक्रिया लगायतका समस्या आइप¥यो । त्यसपछि उनीहरुले नेपाल आउने योजना बनाए । नेपाल चीनको नजिक भएको र एर्किन पहिले नै भारत आएकोले नेपाल आउन सहज लाग्यो । सीएफ मोटो टर्कीले यसमा सहमती जनायो । उनीहरुलाई दुई वटा सीएफ मोटो ६५० एमटी बाइक उपलब्ध गरायो । उनीहरु नेपालको यात्रामा लागे ।

कुनै पनि कम्पनीले यति लामो यात्राका लागि आफ्नो बाइक उपलब्ध गराएको यो पहिलो घटना हुन सक्ने क्यान बताउछन् । नेपालमा सीएफ मोटोको आधिकारिक वितरक अन्ना इन्टरनेश्नले पनि उनीहरुलाई विशेष आतिथ्यता प्रदान गरेको थियो । नेपालको आतिथ्यताबाट प्रभावित भएको उनीहरुले बताए ।

जुन ९ मा टर्कीबाट यात्रा थालेका उनीहरु जुलाई १५ नेपाल आइपुगे । टर्कीबाट इरान, पाकिस्तान, भारत हुँदै नेपाल आएका थिए । उनीहरु भारतको लद्दाखसम्म पुगे । यात्रामा उनीहरुले १२ हजार किलोमिटर भन्दा बढी दुरीको यात्रा मोटरसाइकलमै पुरा गरे ।

उनीहरु नेपालको मुस्ताङसम्म पुगे । हिमालयको सुन्दरतामार्फत प्रकृतिको वास्तविक अनुभूति लिने उनीहरुको उद्देश्य थियो । उद्देश्य पूर्ण सफल भएको उनीहरुको भनाइ छ । प्रकृति र पहाडसँग नजिकिएर मुस्ताङमा रमाएको समय आफूहरुका लागि निकै नै अद्भुत भएको एर्किनले बताए ।

पोखराबाट मुस्ताङ जादाको समय उनीहरुका लागि अविष्मरणिय रह्यो । सडकको अवस्था र परिवर्तन भइरहने दृश्यका कारण उनीहरु आश्चर्यचकित बने । बीचमा पर्ने नदीबाट बाइक पार गराउनका लागि उनीहरुले ट्रयाक्टरको सहारा लिएका थिए । मुस्ताङमा सधै नयाँपन हुने र सधै जिज्ञासु बनाउने उनीहरुले अनुभव गरे ।


एर्किन पेशाले इलेक्ट्रिकल इन्जिनियर हुन् भने क्यान एनिमेसन तथा मोसन डिजाइनर । यद्यपि उनीहरु आजकाल धेरैजसो राइडिङमै समय बिताउने गर्छन् ।

यति लामो दुरीको यात्रामा पनि बाइकले कहिल्यै दुःख दिएन । उनीहरुले ब्याक प्याक गरेपछि बीचमा बाइककै कारण कतै ओर्लिनु परेन । यही बाइकमा पाकिस्तानको ५० डिग्रीको गर्मीमा पनि यात्रा गरे । मुस्ताङको चिसोमा पनि । सीएफ मोटोको सो बाइक उनीहरुका लागि सधैको साथी बन्यो र भविष्यमा पनि बन्ने अपेक्षा राखेका छन् ।

 

Subscribe Now