Check, click, shop
ट्राफिक नियम मिच्नेलाई टिआरएस टोली, दैनिक एक लाख उपत्यकावासि बाहिरिँदै

काठमाडौं - महानगरीय ट्राफिक महाशाखाले ट्राफिकको आँखा छलेर नियम मिच्नेलाई कारबाही गर्न ‘ट्राफिक ¥यापिड स्क्वाड’(टिआरएस) टोली परिचालन गरेको छ । उपत्यकामा घटेका कुनै पनि घटनामा तत्काल पुग्न टिआरएस टोली परिचालन गरीएको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक महाशाखामा बुधबार टिआरएसको उद्घाटन गरेका थिए । यस कार्यक्रमअन्तर्गत ट्राफिक र जनपथ प्रहरीले मोटरसाइकलमा गस्ती गर्नेछन् । दुईवटा मोटरसाइकलमा चार प्रहरी हुनेछन् । कतै कुनै घटना भएलगत्तै टोलि त्यहाँ पुग्नेछन् ।

ट्राफिक नियम मिच्नेहरूलाई पनि सो टोलीबाट कारबाही गरिने योजना रहेको छ । ट्राफिक प्रहरी र जनपथ प्रहरीले एक–आपसमा समन्वय गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउन टिआरएस टोली परिचालन गरेको छ ।

हिजो अस्तिको तथ्याङ्क हेर्दा दैनिक एक लाखजनाभन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिन थालेका छन् । दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिर जानेको संख्या बढ्न थालेको हो । मंगलबार १ लाख १७ हजार सर्वसाधरण उपत्यकाबाट बाहिरिएका छन् । सोमबार ९० हजार बाहिरिएका थिए । बुधबारदेखि बाहिरिने यात्रुको चाप झन् बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 

Subscribe Now