हाछेथुको पहलमा बन्यो ट्राफिक प्रहरीको चौंथो भवन

ललितपुर - ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा बस्दा प्रहरी संगठनलाई पहिलो भवन उपहार दिएका सीताराम हाछेथुले बुधबार ललितपुरस्थित सातदोबाटोमा प्रहरी प्रमुखलाई निम्ता गरेर संगठनका लागि चौंथो भवन उपहार दिएका छन् । 

कोटेश्वर, कालिमाटी र दरबारमार्गपछि सातदोबाटो चोकमा बनेको चौथौं भवन २ करोड १६ लाखमा निर्माण सम्पन्न भएको भवन निर्माण समितिका कोषाध्यक्ष रामकाजी आवालेले जानकारी दिए । 

ट्राफिक प्रहरी परिसर सातदोबाटोको नव निर्मित भवन उद्घाट्न गर्दै प्रहरी प्रमुख सवेन्द्र खनालले जनताको सेवा गर्ने कसम खाएको प्रहरी कहिल्यै नराम्रो हुन नसक्ने बताए । उनले भने, ‘प्रहरी अधिकृत सिताराम हाछेथुले प्रहरी नराम्रो हुनै नसक्ने म्यासेज दिँदै ट्रान्सपरेन्सीको म्यासेज दोहोराएका छन् ।’ 

जनताको जिउ–धनको रक्षा गर्ने प्रहरीले गलत काम गर्न नसुहाउने उल्लेख गर्दै आइजिपी खनालले पछिल्ला केही घट्नाले आफुलाई गम्भिर चोट लागेको बताए ।  ‘गलत काम गर्नेहरु अब प्रहरी संगठनमा रहनुहुन्न्’ खनालले भने, ‘साना त्रुटी हुँदा प्रहरीमाथि हिलो छ्यापिए जनतालेनै प्रहरीको रक्षा गर्नुपर्छ किनकि प्रहरी संगठन तपाईहरुकै हो ।’ 

ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा बस्दा प्रहरी संगठनलाई पहिलो भवन उपहार दिएका हाछेथुले बुधबार ललितपुरस्थित सातदोबाटोमा प्रहरी प्रमुखलाई निम्ता गरेर संगठनका लागि चौंथो भवन उपहार दिएका छन् । 
कोटेश्वर, कालिमाटी र दरबारमार्गपछि सातदोबाटो चोकमा बनेको चौथौं भवन २ करोड १६ लाखमा निर्माण सम्पन्न भएको भवन निर्माण समितिका कोषाध्यक्ष रामकाजी आवालेले जानकारी दिए । 

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोको नवनिर्मित भवन निर्माण समितिले ललितपुर ट्राफिक प्रहरीका इन्चार्ज समेत रहेका इन्स्पेक्टर हाछेथुलाई १ लाख १ हजार नगद पुरस्कारले सम्मान गरेको छ । त्यस्तै भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेका ट्राफिक प्रहरीका हवल्दार ईश्वर बञ्जाराले ५१ हजार नगद पुरस्कार पाएका छन् । 

महानगरीय ट्राफिक प्रहरी परिसर लतिलपुरको अत्याधुनिक भवन भरत महर्जनको अध्यक्षतामा निर्माण सम्पन्न भएको थियो । भवन निर्माणका लागि १९८ जनाले नगद तथा जिन्सी सहयोग गरेका थिए । 

Subscribe Now