Check, click, shop
टोयोटाको यस्तो छ दसैं अफर

काठमाडौं – टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले फेस्टिभल अफरको रुपमा विभिन्न सुविधा दिने भएको छ ।

सवारीसाधन किन्ने ग्राहकलाई एक वर्षको बिमा शुल्क र सडक दस्तुर कम्पनी आफैले उपलब्ध गराउने भएको छ । ग्राहकलाई कम्पनीले अन द स्पट एक्सचेन्ज उपलब्ध गराउने छ ।

हरेक खरिदमा सरप्राइज उपहार राखेको जनाएको कम्पनीले आर्कषक नगद छुट दिने जनाएको छ ।

कम्पनीले केही दिन पहिले भित्र्याएको टोयोटा रसका साथै ल्यान्डक्रुजर प्राडो, फच्र्युनर, ¥याभ फोर, हाइलक्स र नयाँ इटियोसमा समेत यो अफर उपलब्ध हुनेछ ।

टोयोटाको सोरुम दसैं सम्म शनिबार समेत खुला हुने बताइएको छ ।

Subscribe Now