अनलाइन सेवावाट टुरिस्ट बसको टिकट

काठमाडौं - टुरिस्ट बसको टिकट अनलाइन सेवावाट काट्न सकिने भएको छ । तहल्का ट्राभल्स एण्ड टुर्सद्वारा सञ्चालित तहल्का बसको टिकट काट्न काउन्टर जान नपर्ने भएको हो ।

सो ट्राभल्सले दियालो टेक्नोलोजिजले उत्पादन गरेको बी सफ्ट नामक सफ्टवेयर प्रयोग गरी बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सुरु गरेको छ । यात्रुहरू टिकट काट्नकै लागि काउन्टरसम्म धाएर समय र अतिरिक्त रकमको खर्च हुने परिपाटीको अन्त्य गर्न अनलाइन सेवा प्रदान गरेको ट्राभल्सले जनाएको छ ।

अनलाइन टिकटटिङसँगै अबदेखि यात्रुहरूले तहल्का बस डटकम डट एनपी अथवा बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सीधै टिकट काट्न सक्ने छन् । यात्रुहरूले अनलाइन टिकट काटिसकेपछि आइएमई पे, आइपे, एससिटी कार्ड लगायतका पेमेन्ट गेटवेका साथै अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत रकम भुक्तानी गर्न सक्ने छन् ।

हाल तहल्काका टुरिस्ट बस काभ्रेको धुलिखेल र भक्तपुरदेखि पोखरासम्म दुई तर्फिरुपमा सञ्चालन हुदै आएका छन् ।

Subscribe Now