दशैँमा पुराना सवारी साधन अनुगमन गरिने

काठमाडौं - दशैँमा पुराना सवारी साधन माथि अनुगमन गरीने भएको छ । यो वर्ष दशैंमा नयाँ बसहरु थपिएको छैन । यसकारण सार्वजनिक यातायातको संख्यामा कमी हुने देखिएपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका बसहरु बसपार्कमा निकालिएको छ । यस्ता पुराना सवारी माथि सरकारले अनुगमन गर्ने भएको छ ।

भोलिवाट केही दिनको लागि ‘रुट परमिट’ खारेज गरीने भएको छ । नेपालीहरुको माहान चाड दशैं मनाउन घर जाने यात्रुहरुलाई मध्यनजर गर्दै देशभरका जुन सुकै स्थानमा सवै सवारी जान पाउने भएका छन् । यसले गर्दा पनि पुराना सवारीको प्रयोग गर्ने सम्भावना वढेको छ । नयाँ र पुरानो बसपार्कमा गरिएको नागरिक अनुगमनका क्रममा झ्यालमा सिसा नभएका, हेर्दै थोत्रा देखिने २० वर्ष नाघिसकेका सवारी बसपार्कमा राखिएका छन् ।

दशैँका समयमा दुर्घटना नहोस् भनि पुराना सवारी निकालिएको भए नियन्त्रणमा लिइ कारवाही गरिने भएको छ । चाडपर्वको समयमा पुरानो सवारीका कारण धेरै दुर्घटना हुने गरेको छ ।

 

Subscribe Now