Check, click, shop
टेस्लाका चिफ इन्जिनियर एप्पल फर्के

करिब ५ बर्ष पहिले एपपलबाट टेस्लामा गएका इन्जिनियर डग फिल्ड फेरि एप्पलमा फर्केका छन् । उनी टेस्लाको चिफ भेइकल इन्जिनियर थिए ।

डग फिल्डले एप्पलमा प्रोजेक्ट टाइटनमा काम गर्ने छन् । एप्पलले प्रोजेक्ट टाइटन अन्तर्गत सेल्फ ड्राइभिङ कारको लागि केही कार्य गरिरहेको बताइएको छ ।

यद्यपि यसको वारेमा आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन । एप्पलले कार निर्माता कम्पनीहरुका लागि सेल्फ ड्राइभिङ सफ्टवेयर बनाउदै छ वा आफै नै त्यस्तै कार बनाउदै छ ।

टेस्लाले मोडल थ्री कारको उत्पादन अपेक्षित मात्रामा गर्न नसकेको समयमा केही महिना पहिले उनले विदा लिएका थिए । यद्यपि सो समयमा उनी केही समयको लागि रिचार्ज हुन र परिवारसँग समय विताउन विदा लिएको टेस्लाका चिफ इलोन मस्कले बताएका थिए ।

त्यसको केही समय पछि जुलाईमा उनले टेस्ला छोडेको सार्वजनिक भएको थियो ।

Subscribe Now