Check, click, shop
यसरी विदा मनाउँदै छन् टेरी जोडीले

इंग्ल्यान्ड तथा चेल्सीका पूर्वकप्तान जोन टेरीले पोर्चुगलमा विदा मनाइरहदाको तस्बिर सार्वजनिक भएको छ ।

गर्मीको मौसममा टेरीले तीनपांग्रेको मोटरसाइकलमा श्रीमती टोनीलाई सयर गराएका छन् । टेरी अगाडि ड्राइभिङ सिटमा छन् ।

त्यसको पछाडि उनकी श्रीमती टोनी बसेकी छिन् । टोनी बिकिनी पहिरन र टेरी केवल हाफ पाइन्टमा छन् । यता, टोनीले ‘मिस्टर टी (टेरी) ड्राइभिङमा’ भनी तस्बिरमा क्याप्सन पोस्ट गरेकी छिन् । ब्रिटिस मिडियाका अनुसार टेरीले श्रीमतीलाई समुद्रमा बोटमा सयर गराएका छन् ।

चेल्सी छाडेर एस्टोन भिल्लामा आबद्ध भएपछि टेरी गुपचुप नै छन् । गत सिजनमा भिल्ला प्रिमियर लिगमा बढुवा हुन नसकेपछि टेरी लगभग क्लबविहीन अवस्थामै छन् ।

भिल्लाले च्याम्पियनसिप प्लेअफ फाइनलमा समेत मौका गुमाएपछि टेरीले अन्य क्लब जाने सम्बन्धमा विचार गरेका छैनन् । नयाँ सिजनका लागि भिल्लाले टेरीसँग सम्झौता नवीकरण गरेको छैन । यता, कामविहीन रहेका टेरीलाई स्काई स्पोर्टस्ले एक विश्लेषकका रूपमा अनुबन्ध गर्न सक्ने एजेन्सीले जनाएका छन् ।

गतवर्ष टेरी र उनकी श्रीमती टोनीले समर होलिडे दुबईमा मनाएका थिए । पोर्चुगलमा टेरीले दुई सन्तान जर्जिए तथा समरलाई समेत लगेका छन् । तर, ब्रिटिस मिडियाले सम्प्रेषण गरेको समाचार र तस्बिरमा टेरी जोडीलाई मात्र फोकस गरेको देखिन्छ ।

Subscribe Now