यस्तो छ टेक्कन २५०

काठमाडौं – नेपाली बजारमा पछिल्लो समयमा भित्रिएको टेक्कन २५० लोकप्रिय बन्दै गएको छ ।

तपाईलाई २५० सीसी क्याटागोरीमा सर्बाधिक सस्तो मोटरसाइकल चाहिएको छ भने टेक्कन २५० उपयुक्त विकल्प हुन सक्छ । एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले नेपाली बजारमा भित्र्याएको छोटो अवधिमै यसले लोकप्रियता हासिल गरेको छ ।

केही दिन अघि सम्पन्न नाडा अटो शो २०१८ मा पनि यसले चर्चा पाएको थियो ।

चिनियाँ ब्रान्ड मोटरहेड कम्पनीले उत्पादन गरेको टेक्कन २५० बाइकको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । मोटरहेड डर्ट रेन्ज र क्रसओभर उत्पादनका लागि लोकप्रिय कम्पनी हो ।

यसमा २५० सीसीको एयरकुल्ड इन्जिन छ, जसले १७ एचपी पावर र १७ एनएम टर्क प्रदान गर्छ । इन्जिनमा ६ स्पिड गियरबक्स छ । यसका होन्डाको सीबीजेड टाइपको इन्जिन छ ।

सो बाइक १२० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ ।

टेक्कन २५० बाइकलाई ड्युअल स्पोर्ट मोटरसाइकलको वर्गमा राखिएको छ ।

ललितपुरको धोबीघाटमा अवस्थित एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले यो बाइक बिक्री वितरण गरिरहेको छ । बुटवलको दर्लामी अटोमोबाइल्स र पोखराको बीए एन्ड एसए इन्टरप्राइेजेज बिल्डर्समा पनि यो बाइक उपलब्ध छ ।

Subscribe Now