Check, click, shop
आयो ड्राइभरको निद्रा नपुगेको पत्ता लाग्ने प्रविधि

बैज्ञानिकहरुले एक नयाँ ब्लड टेष्ट गर्ने प्रविधिको विकास गरेका छन्, जसका कारण कुनै ब्यक्तिको निद्रा पुगेको छ वा छैन भन्ने कुरा थाहा पाउन सकिन्छ । यसबाट लामो दुरीको यात्राका ड्राइभरहरुको निद्रा पुगेको वा नपुगेको थाहा पाउन सकिने छ र सडक दुर्घटनामा कमी आउने छ ।

ब्रिटेनको युनिभर्सिटी अफ सरेका डर्क जेनको नेतृत्वमा गरिएको सो अनुसन्धानमा एक रात नसुतेका ३६ सहभागीहरुको रगतको नमुना अध्ययन गरी उनीहरुको जीनको व्यावहारिक स्तर पहिचान गरिएको थियो ।

यो भन्दा पहिले सामान्य भन्दा १ वा २ घण्टा कम मात्र निद्रा पुगेका सवारी चालकहरुले गाडी चलाएमा दुर्घटना हुने सम्भावना दुई गुणा बढ्ने रहस्य पत्ता लागेको थियो । अब यो नयाँ परीक्षणबाट सवारी दुर्घटनामा समेत कमी आउने विश्वास गरिएको छ ।

Subscribe Now