Check, click, shop
टाटाले ल्यायो १५ सिटे विंगर

टाटा मोटर्सले कमर्सियल भेइकल सेगमेन्टमा १५ सिट विंगर लन्च गरेको छ । यसको मूल्य १२ लाख ५ हजार भारु तोकिएको छ ।

टाटाले विभिन्न फिचर सहित १५ जना बस्न सक्ने क्षमताको विंगर उपलब्ध गराएको हो । यो आफ्नो सेगमेन्टमा आरामदायी र लोकप्रिय समेत हुने अनुमान गरिएको छ । यसको प्रतिस्पर्धा फोर्स ट्राभलरसँग हुनेछ ।

टाटा विंगर १५ एसमा २.२ लिटरको डाइकोर डिजेल इन्जिन छ, जसले ९८ बीएचपी पावर र १९० एनएम टर्क प्रदान गर्छ ।

टाटाको सो १५ एस विंगर गेम चेन्जर प्रोडक्ट भएको र विशेष गरी टुर एवं ट्राभल अपरेटरहरुका लागि विशेष उपयोगी हुने टाटा मोटर्सको प्यासेन्जर कमर्सियल भेइकल विजनेस युनिटका हेड सेल्स एन्ड मार्केटिङ,सन्दिप कुमारले बताएका छन् ।

टाटा विंगर १५ एसको लम्बाई ५,४५८ एमएम र १५ इन्चको ह्विल छ । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम र ६०० लिटरको बुट स्पेस छ । यसको इन्टरनल उचाई ६.३ इन्च छ ।

यसमा पुश ब्याक सिट, प्रत्येक सिटमा एसी भेन्ट्स र यूएसबी चार्जिङ प्वाइन्ट उपलब्ध छ ।

Subscribe Now