Check, click, shop
अटो शोमा टिगोर ईभी र नेक्सन एएमटी नयाँ

अर्जुन कार्की
असिष्टेन्ट जनरल म्यानेजर, सिप्रदी ट्रेडिङ प्रालि

सिप्रदी ट्रेडिङले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा टाटा मोटर्सका विभिन्न गाडीहरु प्रदर्शन गरिरहेको छ । यसै सन्दर्भमा सिप्रदी ट्रेडिङका असिष्टेन्ट जनरल म्यानेजर अर्जुन कार्कीसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ :

टाटाले यस पटक नाडा अटो शोमा के नयाँ राखेको छ ?
टाटाले अटो शोमा सधै केही नयाँ ल्याइरहेको हुन्छ । यस पटक पनि सो कार्यलाई जारी राखेको छ । यस पटक टिगोर ईभी र नेक्सन एएमटी पहिलो पटक अटो शोबाटै सार्वजनिक गरेका छौ ।

के विशेषता छन् यी दुई गाडीमा ?
टिगोर इलेक्ट्रिक कार हो । टाटा मोटर्सले पहिलो पटक उत्पादन गरेको कार भएकाले यसको विशेष महत्व छ । उक्त कारमा ३० किलोवाटको इलेक्ट्रिक मोटर लगाइएको छ भने सिंगल स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ । यो कार ७२ भोल्टको ब्याट्रीद्वारा सञ्चालित हुन्छ । फास्ट चार्जरमार्फत डेढ घन्टामा ८० प्रतिशत चार्ज हुने यसको ब्याट्री नर्मल चार्जरबाट चार्ज गर्दा ६ देखि ८ घन्टामा फुल चार्ज हुन्छ । कारको टप स्पिड १ सय ३० किलोमिटर प्रतिघन्टा रहेको छ ।

त्यसैगरी नेक्सन एएमटी पेट्रोल र डिजेल दुवै भेरिएन्टमा उपलब्ध पहिलो एएमटी कार हो र यसलाई इको, सिटी र स्मार्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ ।

अटो शो र चाडपर्वलाई लक्ष्यित गरेर नयाँ स्किम पनि ल्याउनु भएको छ ? के छन् स्किममा ?
हो, हामीले टाटाका गाडी किन्नेलाइ ५ लाख रुपैयाँको हिराको हार उपहार दिने घोषणा गरेका छौं । नाडा अटो शोमा गाडी खरिद गरे बापत ग्राहकले ५ लाख रुपैयाँसम्मको हिराको हार वा ३ लाख ५० हजार रुपैयाँसम्मको खरिद छुट पाउने छन् । सबै प्रकारका गाडी बुकिङमा १ वर्षको बिमा सुविधा प्रदान गरिने छ । नाडा अटो शो अवधिभरी आफ्नो कुनै पनि गाडी खरिद गर्ने वा बुकिङ गरेर पछि खरिद गर्ने ग्राहकलाई हेलिकोप्टरमा रसुवाको पर्यटकीय हिमाली क्षेत्र लाङटाङमा लगेर गाडीको साँचो हस्तान्तरण गर्नेछौ ।

कस्तो प्रतिक्रिया पाउनु भएको छ अटो शोमा ?
राम्रो प्रतिक्रिया छ । नेक्सनमा ग्राहकको धेरै नै भीड छ । नयाँ इलेक्ट्रिक कार टिगोरमा झन् हुने नै भयो । यी वाहेक हामीले राखेका टाटाका जेस्ट, हेक्सा, नेक्सन र अन्य गाडीको वारेमा पनि अवलोकनकर्ताहरुको विशेष चासो छ ।

 

Subscribe Now