टाटा सुमो किन्ने ग्राहकलाई मुक्तिनाथ विकास बैंकले ऋण दिने

काठमाडौं - टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र मुक्तिनाथ बिकास बैंकबीच ‘आफ्नो गाडी आफैं सवारी’ नामक व्यावसायिक अभियान अन्तर्गत प्रत्येक सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

यो अभियान अन्तर्गत व्यवसायिक प्रयोजनका लागि सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ बिकास बैंकले १०.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ७० प्रतिशतसम्म क

यस अभियान अन्तरगत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकलाइ निःशुल्क ड्राइभिङ्ग तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुबिधा प्रदान हुनेछ ।

यो अभियानले स्वदेशमा नै रोजगारीको सिर्जना गरी, युवाहरु बैदेशिक रोजगारीका लागी बिदेसिनुपर्ने बाध्यतालाई कम गर्ने विश्वास लिइएको बताइएको छ ।

अभियानको बारेमा लक्षित समुहलाई जागरुक गराउन नेपालका कुशल पत्रकार रबी लामिछाने २ वर्षको अवधिका लागि सिप्रदी ट्रेडिङ प्रालिसँग अनुबन्धित भएका छन् ।

 

Subscribe Now