टाटा कार किन्दा ५ लाख सम्मको हिराको हार, बुकिङ गर्दा हेलिकोप्टरमा लाङटाङ

काठमाडौं – टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गाडी किन्नेलाइ ५ लाख रुपैयाँको हिराको हार उपहार दिने घोषणा गरेको छ ।

भृकुटीमण्डपमा जारी नाडा अटो शोमा गाडी खरिद गरे बापत ग्राहकले ५ लाख रुपैयाँसम्मको हिराको हार वा ३ लाख ५० हजार रुपैयाँसम्मको खरिद छुट पाउने कम्पनीले जनाएको छ ।

सबै प्रकारका गाडी बुकिङमा १ वर्षको बिमा सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

टाटाले नाडा अटो शो अवधिभरी आफ्नो कुनै पनि गाडी खरिद गर्ने वा बुकिङ गर्ने ग्राहकलाई हेलिकोप्टरमा रसुवाको पर्यटकीय हिमाली क्षेत्र लाङटाङ लाने भएको छ ।

यस पटकको नाडा शोमा टाटाले नयाँ भर्सनको ‘नेक्सन एएमटी’ सार्वजनिक गरेको छ । नेक्सन टाटाको सबै भन्दा बढी बिक्री हुने गाडी मानिन्छ ।

अटो शोमा टाटाले इलेक्ट्रिक गाडी टिगोर समेत प्रदर्शनमा राखेको छ ।

Subscribe Now