Check, click, shop
सबैको मन जित्नेमा ढुक्क छौं

सवारी साधनको कुम्भ मेलाको रुपमा रहेको ‘नाडा अटो शो २०१८’ मा इटालियन मोटरसाइकल एसडब्लुएमका विभिन्न उत्पादन पहिलो पटक सार्वजनिक गरिएको छ ।

इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको थियो । एसडब्लुएम मोटरसाइकलको आधिकारिक वितरक ज्ञान अर्थमुर्भस प्रालि हो । कम्पनीका निर्देशक दीपेश श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकानी :

अटो शोमा एसडब्लुएम मोटरसाइकलको बारेमा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
राम्रो प्रतिक्रिया पाएका छौं । मोटरसाइकलको लुक्सले पनि ग्राहकहरुको मन जित्न सफल भएको पाएका छौं । उहाँहरुले लक्स धेरै नै मन पराएको पायौं । उहाँहरुको प्रतिक्रियाबाट उत्साहित छौं । फरक बनावट र आकर्षक डिजाइनका कारण पनि यो कम्पनीका मोटरसाइकल लोकप्रिय छन् । नयाँ उत्पादन भएर पनि अवलोकनकर्ताहरुले निकै नै चासो राख्नु भएको छ ।

यहाँहरुले कुन कुन मोडलको मोटरसाइकल प्रर्दशनीमा राख्नु भएको छ ?
हामीले तीन मोडलको मोटरसाइकलहरु प्रर्दशनीमा राखेको छौं । ती सबै नयाँ हुन् । एसडब्लुएमका आरएस ३०० आर, सुपर ड्युअल ६५० टी र सिल्भर भेस ४४० का मोडल प्रर्दशनीमा राखेका छौं ।

मोटरसाइकलमा अफरहरु ल्याउनु भएको छ ?
नाडा अटो शोमा बुक गर्ने ग्राहकको लागि पचास हजार बराबरको छुट दिन्छौं ।

यसको बजार मुल्य कति राख्नु भएको छ ?
एसडब्लुएमका सुपर ड्युअल ६५० टीको २३ लाख, आरएस ३०० आरको मूल्य १६ लाख र सिल्भर भेस ४४० को मूल्य १४ लाख ५० हजार कायम गरिएको छ ।

अन्त्यमा ?
नेपालमा नयाँ भए पनि अवलोकनकर्ताहरुबाट पाएको प्रतिक्रियाले केही गर्न सक्छौं भन्ने विश्वास बढेको छ । सबै उमेर समूहलाई लक्षित गरेर ल्याएको हुँदा पनि सबैको मन जित्नेमा ढुक्क छौं ।

 

Subscribe Now