Check, click, shop
एड्भेन्चरका लागि उपयुक्त भारतमा आयो सुजुकीको यस्तो बाइक

सुजुकीले भारतीय बजारमा भी–स्ट्रोम ६५० एक्सटी एबीएस उपलब्ध गराएको छ । मध्यम स्तरको मानिने यो कम्पनीको भारतमा दोस्रो मोटरसाइकल हो ।

यसको मूल्य ७ लाख ४६ हजार भारु तोकिएको छ र यो भारतको सर्बाधिक उपयुक्त एड्भेन्चर टुरिङ मोटरसाइकल भएको बताइएको छ ।

भारतमा यसको प्रतिस्पर्धा कावासाकी भर्सिस ६५० सँग हुनेछ, जसको मूल्य ६ लाख ६९ हजार भारु छ ।

सुजुकी भी–स्ट्रोम ६५० एक्सटी एबीएसमा ६४५ सीसी लिक्विड कुल्ड डीओएचसी भी–ट्विन इन्जिन छ, जसले ७१ एचपी पावर र ६२ एनएम टर्क प्रदान गर्छ । यसमा ६–स्पिड ट्रान्समिसन छ ।

बाइकमा हलुका खालको एन्टी–लक बे्रक सिष्टम (एबीएस) र थ्री मोड ट्रयाक्सन कन्ट्रोल सिष्टम छ । यसका कारण कठीन सडकमा समेत बाइकलाई सहज तरिकाले चलाउन सकिन्छ । भारतका लागि सो बाइकमा सारी गार्ड र फ्रन्ट नम्बर प्लेट ब्राकेट भने स्ट्यान्डर्ड इक्विपमेन्टको रुपमा उपलब्ध हुनेछ ।

यसमा स्पिडोमिटर, ओडोमिटर, फ्युल लेभल, कुलेन्ट टेम्परेचर, गियर पोजिसन, ब्याट्री भोल्टेज र ट्रयाक्सन कन्ट्रोल मोड सबै देखाउने मल्टी–फङ्सन इन्स्ट्रयुमेन्ट प्यानल छ ।

लामो यात्राका लागि सहयोग पुग्ने उद्देश्यका साथ यसमा १२ भोल्ट डीसी आउटलेट स्ट्यान्डर्ड फिचरको रुपमा उपलब्ध छ र यसले नेभिगेसन र मोबाइल चार्जिङका लागि समेत सहयोग पु¥याउने छ ।

यसमा विन्डस्क्रिन पनि थ्री पोजिसनमा एड्जस्ट गर्न सकिने खालको छ । यसको टायर पनि एड्भेन्चरस छ । यो च्याम्पियन एलो र पर्ल ग्लासियर ह्वाइट गरी दुई कलर अप्सनमा उपलब्ध छ ।

यसमा २० लिटरको इन्धन ट्यांकी र एलईडी टेल ल्याम्प छ ।

 

Subscribe Now