Check, click, shop
३२ किलोमिटर माइलेज दिने स्विफ्टको हाइब्रिड मोडल

सुजुकीको सर्बाधिक बिक्री हुने कार मध्ये एक स्विफ्टको नयाँ हाइब्रिड भर्सन इन्डोनेसिया अटो शोमा प्रदर्शन गरिएको छ । यद्यपि जापानी बजारमा भने यो कार सन् २०१७ को जुलाई देखि नै बिक्रीका लागि उपलब्ध छ ।

स्विफ्ट हाइब्रिडमा पेट्रोल इन्जिन र एक इलेक्ट्रिक मोटर छ । यसमा फाइभ स्पिड एएमटी अर्थात अटोमेटेड म्यानुअल ट्रान्समिसन छ । यसमा भएको १.२ लिटर के१२सी पेट्रोल इन्जिनले ९१ पीएस पावर र ११८ एनएम टर्क प्रदान गर्छ ।

यसमा भएको इलेक्ट्रिक मोटरले १३.६ पीएस पावर र ३० एनएम टर्क प्रदान गर्छ । यसले १०० भोल्टको लिथियम आयोन ब्याट्री छ । कम्पनीका अनुसार स्विफ्ट हाइब्रिडले ३२ किलोमिटरको माइलेज दिन्छ । पेट्रोल इन्जिनयुक्त स्विफ्ट भन्दा यो १० किलोमिटर भन्दा बढी हो ।

स्विफ्ट हाइब्रिडमा हनी कम्ब मेस फ्रन्ट ग्रिल छ र फ्रन्ट फेन्डरमा हाइब्रिड ब्याज छ । इन्स्ट्रयुमेन्ट क्लस्टरमा निलो रङको लाइट देख्न सकिन्छ ।

भारतमा पनि २०१८ अटो एक्सपोमा यो कारलाई प्रदर्शन गरिएको थियो । यद्यपि भारतीय बजारमा यो कार कहिले आउछ भन्ने वारेमा भने केही बताइएको छैन ।

Subscribe Now