Check, click, shop
सुजुकीको पर्वोत्सव योजना, २ लाखसम्म नगदका साथै अन्य छुट

काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पले दसैं र तिहारलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको छ ।

नाडा अटो शोको अवसरमा कम्पनीले सो योजना सार्वजनिक गरेको हो ।

नाडा अटो शोकोे लागि यस योजना अन्तर्गत कम्पनीले थप आकर्षक छुट पनि उपलब्ध गराउने जनाएको छ । सो छुट सुजुकीको नाडा अटो शो स्टल नं जे१७ को साथै नेपालभरका सम्पूर्ण सुजुकी सोरुममा उपलब्ध हुनेछ ।

यसपालिको ‘पर्वोत्सव’ अफरअन्तर्गत उपभोक्ताले २ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा स्क्र्याच कुपनमार्फत १ लाख रुपौयाँसम्म अतिरिक्त छुट पाउनेछन् ।

यसबाहेक उपभोक्ताले कम्पनीका २०१७ का सम्पूर्ण मोडलमा तथा नाडा अटो शोको बुकिङमा विशेष छुटसमेत पाउने कम्पनीले जनाएको छ ।

Subscribe Now