Check, click, shop
सुजुकीले मेगा एक्सचेन्ज क्याम्प गर्ने,  थप १५ हजार भ्यालुएसन गरिने

काठमाडौं – नेपालको लागि सुजुकी बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले विजया दशमी तथा दीपावलीको अवसरमा आफ्नो सोरुमहरुमा मेगा एक्सचेन्ज क्याम्प गर्ने भएको छ ।

सो क्याम्प आगामी असोज २१ बाट प्रारम्भ भई २७ गते सम्म चल्ने छ । क्याम्प सुजुकीका नेपालभर रहेका ३४ वटा सोरुममा सञ्चालन हुने कम्पनीको भनाइ छ ।

सो क्याम्पमा कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग नयाँ सुजुकी बाइक तथा स्कुटर सजिलै एक्सचेन्ज गर्न सकिने छ । कुनै पनि पुराना बाइक तथा स्कूटरको बजारमा प्रचलित भ्यालुएसन भन्दा थप १५ हजार भ्यालुएसन प्रदान गरिने कम्पनीले बताएको छ ।

सुजुकी मेगा एक्सचेन्ज क्याम्प भरी एक्सचेन्ज, फाइनान्स र क्यासमा बाइक तथा स्कुटर खरिद गर्न सकिने छ । दसैंको समयमा पुराना बाइक तथा स्कुटर चढ्ने ग्राहकले लामो दुरी यात्रा गर्दा यात्राको क्रममा बाटोमा दुःख सास्ती भोग्नु पर्ने तथा बिग्रने समस्या हुने हुनाले प्रचलित मूल्य भन्दा थप १५ हजार भ्यालुएसन गरेको कुरा भीजी सुजुकीका मार्केटिङ म्यानेजर नबराज कोइरालाले जानकारी दिए ।

विजया दशमी तथा दीपावलीलाई लक्षित गर्दै स्किम अन्तर्गत सुजुकी बाइक तथा स्कुटर खरिद गर्दा बाइकमा ८ हजार र स्कुटमा १० हजार छुट प्रदान गरिनुका साथै १० जनालाई बम्परमा जापान भ्रमण गराउने सेल्स हेड सन्तोष थापाले बताए ।

 

Subscribe Now