मासिक १५ हजारमै सुजुकीका कार पाइने

काठमाडौं – अब नेपालमै मासिक १५ हजार रुपैयाँ किस्तामा कार पाइने भएको छ । यसका लागि आवश्यक रकम मेगा बैंकले उपलब्ध गराउने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड र मारुती सुजुकीको डिलर नारायणी अटो बिजनेस प्रालि यस सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

नारायणी अटोबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने छ ।

सम्झौता पत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नारायणी अटोबाट मारुती सुजुकीका अल्टो, वागन आर र सेलेरियो गाडीका लागि मासिक १५ हजार रुपैयाँ किस्तावापत प्राप्त हुनेछ । यसका लागि शुरुमा ३५ प्रतिशत डाउन पेमेन्ट भने गर्नु पर्नेछ ।

मेगा बैंकले अहिलेको प्रचलित ब्याजदर अनुसार साढे १२ प्रतिशतमा अटो लोन सुविधा उपलब्ध गराउने भएको हो ।

प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

Subscribe Now