Check, click, shop
नयाँ कार चलाउनु पूर्व अध्ययन गर्नुस् युजर म्यानुअल

के तपाईंले नयाँ कार किनिसके पछि त्यसमा भएको यूजर म्यानुअल राम्ररी हेर्ने गर्नु भएको छ ? यदि छैन भने अव हेर्ने बानी बसाल्नुहोस् । अधिकांश मानिसहरुमा नयाँ कार किनिसके पछि पनि त्यसमा भएको यूजर म्यानुअल हेर्ने बानी हुँदैन । कार चलाउन आइहाल्छ किन चाहियो यूजर म्यानुअल भन्ने बानी सबैको हुन्छ । तर यदि युजर म्यानुअल हेर्ने बानी भएमा कारमा यात्रा गरेको समयमा हुन सक्ने झन्झटबाट केही हदसम्म राहत मिल्न सक्छ । नयाँ कार किन्दा यूजर म्यानुअल सम्बन्धी निम्न कुरामा ध्यान दिनुहोला ।

हुडको जाँच
गाडी किनिसके पछि पहिला हुड अर्थात बोनट उठाएर कहि कतै लिक (चुहावट) भएको छ कि छैन त्यो जाँच गर्नुहोस । ब्याट्री सफा छ कि छैन र ड्राइभ बेल्ट कस्तो छ त्यो राम्ररी नियाल्नुहोस् । यदि बेल्ट बिग्रेको छ भने त्यसलाई परिवर्तन गर्नुहोस् ।

लाइट, टायर र विन्डसिल्ड वाइपर्स
गाडीको लागि अत्यन्त आवश्यक लाइट, टायर र विन्डसिल्ड वाइपर्स कस्तो छ भन्ने कुरामा पनि पुरा ध्यान दिनुहोस् । टायरको साथसाथै ठीकसँग ब्रेकको बारेमा पनि ख्याल गर्नुहोस् । यदि यसमा केही शंका लागेको खण्डमा विना हिचकिचाहट तुरुन्तै परिवर्तन गर्नुहोस् । गाडीमा जहिले पनि हावा भर्ने मेसिन, टुल बक्स र स्पेयर टायर पनि साथमा राख्नु होला ताकि बिना झन्झट यात्रा गर्न सजिलो होस् ।

इन्जिन आयलको जाँच
इन्जिन आयलको जाँच गर्नको लागि गाडीलाई कुनै समतल भुभागमा राख्नुहोस् । गाडी स्टार्ट गर्नुस् र केही समय गाडीलाई स्टार्ट गरि बन्द गर्नुहोस् । १ मिनेट प्रतिक्षा गर्नुस् र हेर्नुस् कि आयलको पेन कति तल सम्म जान्छ भनेर । इन्जिन आयलको ड्रिपलाई बाहिर निकाल्नुस् र कुनै सफा कपडाले सफा गर्नुहोस् । यसलाई फेरि एकपटक बाहिर निकाल्नुहोस् र हेर्नहोस् कि ड्रिप आयलमा पुरा डुबेको छ कि छैन भनेर । यदि इन्जिन आयल धेरै कालो भएको छ भने तुरुन्तै त्यसलाई परिवर्तन गर्नु पर्छ । इन्जिन आयलको लेभल कम भएको छ भने त्यसलाई पुरा भर्नुहोस् । यदि इन्जिनले बढी मात्रामा आयल सोसिरहेको छ भने यात्राको समयमा जहिले पनि इन्जिन आयल साथमा राख्नुहोला ।

एयर फिल्टरको जाँच 
यदि तपाईंले लामो समयदेखि गाडीको एयर फिल्टर परिवर्तन गर्नु भएको छैन भने अब त्यसलाई परिवर्तन गर्नुहोस् । खराब एयर फिल्टरले गाडीको पावर कम गर्छ । यदि तपाईं आफै एयर फिल्टर परिवर्तन गर्न चाहनुहुन्छ भने गाडीमा हुने यूजर म्यानुअलको मदतले पनि तपाई आफैले परिवर्तन गर्न सक्नु हुन्छ ।

कारको ब्याट्री जाँच 
लामो दुरीको यात्राको लागि जहिले पनि ब्याट्रीको राम्ररी जाँच गर्नुहोला । यदि ब्याट्रीको माथि एसिड लिक भएको छ वा त्यसमा कुनै टुटफुट भएको छ भने ब्याट्री परिवर्तन गर्नु नै उपयुक्त हुन्छ । गाडी स्टार्ट गर्ने समयमा इन्जिनको आवाज कम भएको महसुस भएमा ब्याट्रीको लाइफ सकिएको भन्ने अनुमान पनि गर्न सकिन्छ ।

 

Subscribe Now