Check, click, shop
आजवाट लाइट गाडीको टिकट बुकिङ सुरु, व्यवसायीसगँ पाँचबुँदे सहमति

काठमाडौं - आजवाट लाइट गाडीको टिकट बुकिङ सुरु भएको छ । दसैँका यात्रुका लागि खण्ड खण्डमा भएको अग्रिम टिकट बुकिङ अनुसार आजवाट माइक्रोबस, हाइस र टाटासुमो व्यवसायीले अग्रिम टिकट बुकिङ खोल्ने भएका छन् ।

मंगलबारबाट अग्रिम टिकट बुकिङ खोल्न व्यवसायी सहमत भएसगै व्यवसायी र विभागबीच पाँचबुँदे सहमति भएको छ । विभागका महानिर्देशक लावण्यकुमार ढकालको अध्यक्षतामा सोमबार बसेको बैठकमा व्यवसायी र विभागबीच पाँचबुँदे सहमति भएको हो । बैठकमा सरकारले निर्धारण गरेको दरअनुसारको मात्रै भाडा मात्र लिने, मंगलबारबाट टिकट बुकिङ खोल्ने, माइक्रोबस, हाइस र टाटासुमोका टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र लगाउने, बिचौलियाको प्रवेश हुन नदिई आधिकारिक व्यक्तिले मात्र टिकट बिक्री गर्ने, सबै यातायात सेवाको सञ्चालन रुट र सवारीको विवरण तुरुन्त विभागमा उपलब्ध गराउने सहमति भएको छ ।

यसको साथै बिपी राजमार्ग भएर चल्ने सवारीसाधनलाई असोज २४ गते देखि कात्तिक ७ गते सम्म काभ्रेभन्ज्याङबाट राति ८ बजेसम्म जान दिने सहमति भएको छ । भिमानबाट राजधानी आउने सवारीसाधनलाई १२ बजेसम्म सञ्चालन हुन दिन र मालवाहक सवारीसाधनलाई काभ्रेभन्ज्याङबाट ९ बजेपछि चल्न दिन ट्राफिक प्रहरीलाई अनुरोध गर्ने समेत बैठकमा सहमति भएको छ ।

माइक्रोबस, हाइस र टाटासुमोको सेवाबारे विभागमा गुनासो बढ्दै गएपछि विभागले व्यवसायीलाई बोलाएर छलफल गरेको थियो । व्यवसायीले अग्रिम टिकट बुकिङ नखोलेको तथा यात्रुसँग बढी भाडा लिएको विभागसमक्ष स्वीकारसमेत गरेका छन् । काठमाडौं उपत्यकाबाट यात्रु पु¥याएर काठमाडौं फर्किंदा रित्तै फर्किनुपरेकाले बढी भाडा लिएको व्यवसायीहरुको भनाइ छ ।

 

Subscribe Now