Check, click, shop
स्मार्ट पार्किङ बन्दै काठमाडौंमा, बोलपत्र आह्वान गरिदै

काठमाडौं – काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । यसका लागि केही दिनभित्र बोलपत्र आह्वान गरिदै छ ।

महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार पहिलो चरणमा धर्मपथमा रहेको २ रोपनी जग्गामा करिब २ सयसम्म चारपांग्रे सवारी साधनका लागि स्मार्ट पार्किङ बनाउन केही दिनमै बोलपत्र आह्वान गरिने छ ।

उनका अनुसार बोलपत्र छनोट हुन १/२ महीना लाग्ने र सम्झौता भएको २ वर्षभित्र पार्किङ बनाइसक्नु पर्ने गरी बोलपत्र आह्वान हुन लागेको छ ।

महानगरले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा महानगरभित्र स्मार्ट पार्किङ र आधुनिक सार्वजनिक शौचालय बनाउने योजना सार्वजनिक गरेको थियो । तर, हालसम्म त्यसबारे प्रक्रिया नै शुरू गरेको थिएन ।

विद्युतीय लिफ्टको आधारमा तला–तलामा गरिने पार्किङ नै स्मार्ट पार्किङ हो । यस्तो पार्किङमा सवारीसाधन एक आपसमा रोटेड गरेर तलमाथि गर्न सकिनेछ ।

Subscribe Now