Check, click, shop
अटो शोमा १ करोड ४९ लाखको स्कोडा कोडियाक

काठमाडौं – एमएडब्लुले यस वर्षको नाडा अटो सोमा स्कोडाको पहिलो फुल साइज्ड एसयुभी कोडियाक प्रदर्शन गरेको छ ।

केही समअघि देखिनै शोरुममा राखिएको भए पनि अटो शोमा भने पहिलोपटक प्रदर्शन गरिएको हो ।

२.० लिटर फोर सिलिन्डर इन्जिन भएको यो सेभेन सिटरमा सेभेन स्पिड डिएसजी अटोमेटिक गियर बक्स रहेको छ । कोडियाको डिजेल इन्जिनले अधिकतम १४८ बीएचपी शक्ति र ३४० एनएम टर्क उत्पन्न गर्छ ।

स्कोडा कोडियाकमा अलह्विल ड्राइभ र बर्ग वार्नर अनडिमान्ड फोर बाई फोर सिस्टम रहेको छ । यो एसयुभी ४,६९७ एमए लामो, १८८२ एमएम चौडा र १६६५ एमएम अग्लो छ भने यसको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ । कोडियाकको बुटस्पेस २७० लिटर छ जसलाई दोस्रो र तेस्रो लहरको सिट फोल्ड गरेर २ हजार ५ लिटरसम्म पुर्याउन सकिन्छ ।

आधुनिक युरोपियन डिजाइन रहेको कोडियाकमा स्कोडाको बटरफ्लाई ग्रिल रहेको छ । १८ इन्चको एलोइ ह्विल रहेको कोडियाकमा थ्रि डि लुक दिने टेलल्याम्प रहेको छ । यसमा ८ इच्नको टकस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १२ वटा स्पिकर भएको ७५०डब्लु क्यान्टन अडियो सिस्टम छ ।

अन्य सुविधाहरूमा पानोरामिक सनरुफ, मल्टिपल स्टोरेज स्पेस, अम्ब्रेला, डोर प्रोटेक्टर र म्याग्नेटिक टर्च आदि हुन् । भर्चुअल पेडल यसको अर्को विशेषता हो जसको सहयोगमा हातको सहयोगविनै खुटा उठाएर बुट खोल्न सकिनेछ ।

सुरक्षाका लागि यसमा ९ वटा एयरब्याग, इबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफेरेन्सियल लक, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक पार्किंग ब्रेक आदि छन् ।

यसको मुल्य नेपाली बजारमा १ करोड ४९ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

 

Subscribe Now