अटो शोको मूख्य प्रायोजक सर्वो लुब्रिकेन्ट्स
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शोको मूख्य प्रायोजक सर्वो लुब्रिकेन्ट्स हो ।

इन्डियन आयल कर्पोरेसनद्वारा उत्पादित सर्वो लुब्रिकेन्ट्स भारतको सबैभन्दा बढी बिक्री हुने लुब्रिकेन्ट्स हो । इन्डियन आयल कर्पोरेसन फर्चुन ५०० कम्पनी मध्येको एक कम्पनी हो । यसको वार्षिक कारोबार १ लाख ८० हजार करोड छ । भारतमा जम्मा १८ रिफाइनरी मध्ये १० वटा रिफाइनरी यसै कम्पनीसँग रहेको छ । यसको विशाल बिक्री वितरण सञ्जालले प्रायः सम्पूर्ण दक्षिण एसिया ओगटेको छ ।

यो कम्पनी एसियाकै सबैभन्दा ठूलो रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर भएको कम्पनी हो । यसले झन्डै ५ सय लुब्रिकेन्ट्स र ग्रिजहरुको पेटेन्ट दर्ता गराइसकेको छ । यसको सफल प्रयोग रेलवे, अटोमोटिभ, इन्डष्ट्रियल, म्यारिन, एभिएसन, इलेक्ट्रिकल र एग्रिकल्चरल क्षेत्रमा गरिएको छ । विभिन्न गाडी र मोटरसाइकल आदिमा यसको प्रयोग गरिन्छ ।

नेपालमा सर्वो लुब्रिकेन्ट्सको वितरक गोल्छा अर्गनाइजेनस अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनी हो ।

 

Subscribe Now