Check, click, shop
सिंगापुरमा आयो आफै चल्ने ट्याक्सी

सिंगापुरमा सेल्फ ड्राइभिङ अर्थात आफै गुड्ने ट्याक्सी चल्न थालेको छ । नुटोनोमी डिब्ट्स अटोनोमस क्याबले सडकमा सो ट्याक्सी सफलतापूर्वक सार्वजनिक गरेको हो । उसले अमेरिकाका विश्वविख्यात टेक कम्पनी उबर र गुगललाई पनि सो कार्यमा उछिनेको छ ।

विश्वबजारमा कसले सबैभन्दा पहिले सेल्फ ड्राइभ ट्याक्सी दौडाउने भन्ने होड चलिरहेका बेला सिंगापुरको यो कम्पनीले सफलता हात पारेको हो । यसअघि गुगल र चीनको इन्टरनेट जाइन्ट कम्पनी बाइडुले सफलतापूर्वक सेल्फ ड्राइभिङ कारको परीक्षण गरेका थिए । यद्यपि उनीहरुले सार्वजनिक सवारीका लागि यसको प्रयोग गरेका छैनन् । तर यो कम्पनीले सार्वजनिक सवारीका लागि समेत सेवा सुरु गरेको जनाएको छ ।

कम्पनीले अमेरिकाको म्यासाच्युसेट्सबाट दुईजना वैज्ञानिकलाई बोलाएर सिंगापुरका सडकमा सेल्फ ड्राइभिङ कारको सम्भाव्यताका लागि अध्ययन गर्न लगाएको छ ।

नुटोनोमीले सन् २०१९ भित्रमा सिंगापुरका सबै आइल्यान्डका अटोनोमस ट्याक्सी कम्पनीलाई यो सेवा हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ ।

Subscribe Now