Check, click, shop
मोबाइल मेलामा स्कुटर बम्पर उपहार

काठमाडौं - मोबाइल मेलामा एक जनालाई स्कुटर बम्पर उपहार राखिएको छ । गण्डकी प्रदेशकको पोखरा टावर प्रालिमा मोबाइल मेला चलिरहेको छ । आउँदो तिहारमा मेलाकै सहभागीमध्येबाट १ जनालाई बम्पर उपहार स्वरुप स्कुटर प्रदान गरिने प्रालिले जनाएको छ ।

भदौ २७ गतेसम्म चल्ने यो मेलामा हरेक दिन सान्त्वना पुरस्कार दिने गरिएको छ । मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने कम्पनीले जनाएको छ । आइतबारबाट सुरु भएको यो मेलामा ३ दिनमा ३६ लाख कारोबार भएको छ । करिब २ हजार भन्दा बढीले मेलाको अवलोकन गरेका पोखरा टावर प्रालिले जनाएको छ ।

सबै ब्रान्डका मोबाइल बिक्री तथा बिक्री पछिको सेवा उपलब्ध हुने भएकाले दर्शकको आगमन बढ्दै गएको प्रालिले जनाएको छ । उक्त टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेल र रिटेल पसल रहेका छन् । उक्त मेलामा विभिन्न कम्पनीका मोबाइलहरुमा ५० प्रतिशतसम्म छुट दिइएको पोखरा टावर प्रालिले जनाएको छ ।

Subscribe Now