Check, click, shop
सांग्रिला अटो लोन ११.५ प्रतिशतमा

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले सांग्रिला अटो लोन ल्याएको छ । वार्षिक ११.५ प्रतिशतमा उपलब्ध हुने सो अटो लोन कागजात पुगेमा ३ दिनमै उपलब्ध गराउने बैंकले जनाएको छ ।

कुनै पनि ग्राहकको कार चढ्ने सपना पुरा गर्ने उद्देश्यका साथ सो अटो लोन योजना ल्याएको बैंकले जनाएको छ ।

पहिले गाडी किन्नका लागि ऋण लिनु पर्दा लगभग एक महिना बैंक धाउनुपथ्र्यो । धेरै थरिका कागजात जम्मा गर्नुपथ्र्यो । सम्पत्तिको स्रोत देखाएर आफ्नो नियमित आम्दानी के हो भन्ने कुरा पनि बैंकलाई राम्रोसँग बुझाउनु पथ्र्यो । तर अहिले यो प्रक्रियामा निकै नै सरलिकरण भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले यही अनुसारको अटो लोन उपलब्ध गराउने योजना बनाएको छ ।

Subscribe Now