बाइक चेनको यसरी गर्नुहोस् सुरक्षा

बाइक जति पुरानो हुँदै जान्छ त्यति बाइकको केयर कम हुन जान्छ । समय समयमा बाइकको सबै पार्टस्हरु सफा राख्नु र सर्भिसिङ गरिरहनु पर्छ । साथै चेनको सफाईमा पनि विशेष ध्यान दिनु आवश्यक छ ।

चेन सफा राख्नको लागि तपाईलाई कुनै मेकानिक्सकोमा जानु आवश्यकता छैन, तपाईं घरमै बसी चेन सफा राख्न सक्नुहुन्छ ।

चेन सफा गर्न सही समय
बाइक ६०० देखि ७०० किलोमिटर गुडे पछि चेन पनि सफा गर्नु राम्रो मानिन्छ । यसरी सफा गर्नाले बाइकको परफरमेन्समा पनि केही सुधार आउँछ ।

विशेषज्ञहरुको भनाइ अनुसार हरेक ८०० किलोमिटर गुडिसके पछि अनिवार्य रुपमा बाइकको चेन सफा गर्नु पर्छ ।

ध्यान दिऔं यी कुरामा
चेनको सफाई सफा ठाउँमा गर्नु पर्छ । इन्जिन आयलले चेन सफा गर्नु हुँदैन । चेनको सफाईको लागि पानीको प्रयोग गर्नु हुँदैन । त्यसैगरी बाइक स्टार्ट गरेर चेनको सफाई गर्नु हुँदैन । यसले चोट लाग्ने डर हुन्छ ।

चेन सफा गर्ने सही तरिका
चेन सफा गर्नको लागि Chain Cleaning Agent (WD-40) वा मट्टितेलको प्रयोग गर्नु पर्छ । यसको साथै राम्रो चेन क्लिनिङ ब्रश र चेन ल्युब स्प्रे पनि साथमा राख्नु पर्छ । फोहोर सफा गर्नको लागि पनि राम्रो कपडा साथमा राख्नु पर्छ ।

चेन गार्ड खोलेर चेन क्लिनिङ एजेन्ट वा मट्टितेल चेनमा छर्किने र स्प्रेको मदतले चेनमा लागेको फोहोर वा हिलो सफा गर्नु पर्छ ।

त्यसपछि ब्रशको मदतले चेनलाई अझ राम्ररी सफा गर्न सकिन्छ । राम्ररी सफा भईसकेपछि चेनलाई फेरि WD-40 स्प्रे गर्नु र राम्रो कपडाले सफा राख्नु पर्छ । चेन सफा भइसकेपछि बाइक फस्ट गियरमा स्टार्ट गरि करिब १ मिनेट राख्नु पर्छ । अन्त्यमा चेन ल्युबको मदतले चेन ठीक तरिकाले सफा गर्नु पर्छ ।

हरेक २० हजार किलोमिटरमा चेन सेट परिवर्तन
समय समयमा चेनको सरसफाईले चेन सेटको लाइफ त बढ्छ नै तर यसको पनि निश्चित समय हुन्छ । विशेषज्ञहरुका अनुसार करिव २० हजार किलोमिटर बाइक गुडिसके पछि बाइकको चेन सेट परिवर्तन गर्नु पर्छ ।

Subscribe Now