Check, click, shop
नागढुड्गा सडक सञ्चालनमा, दशैंलाई १० लाख उपत्यकावासि वाहिरिए

काठमाडौँ - नागढुड्गा पिपलमोडसम्मको दुई किलोमिटर सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ । एकहप्ताका लागि राति ८ वजेदेखि विहान ५ वजेसम्म बन्द गरीएको सो सडक मंगलवार रातिबाट सञ्चालनमा आएको हो । सो सडक कालोपत्रे गरेसंगै नागढुड्गा धुलो मुक्त भएको छ भने जामको समस्या हटेको छ ।

नेपालीहरुको माहान पर्वहरु दशै–तिहार मनाउन काठमाडौँ उपत्यकाबाट वाहिरिनेको संख्या दिन प्रतिदिन बढी रहेको छ । महानगरीय टाफिक प्रहरी महाशाखाको अनुसार घटस्थापना आरम्भ नहुँदै मङ्गलबारसम्म करीव १० लाख जना उपत्यका वाहिरिएका छन् । सोमवारबाट दैनिक एक लाखको हाराहारिमा सर्वसाधारण काठमाडौंबाट वाहिरिन थालेका छन् ।

आज घटस्थापनासँंगै उपत्यकाका अधिकांस स्कुल कलेज बन्द भएसंँगै यो संख्या बढ्दै जाने अनुमान गरीएको छ । काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुड्गाबाट दैनिक २० हजारभन्दा बढी सवारी साधन दैनिक आवत जावत गरिरहेका छन् ।

ट्रक, टिपर, कार, मोटर, मोटरसाइकल, बस, मिनीबस, माइक्रोबस, कन्टेनर लगायत जे जति सवारी साधन उपत्यका वाहिरिन्छन ती सबैमा यात्रु बोकेर जाने गरेका छन् । भक्तपुरको साँगा-जगाते, दक्षिणकाली-फर्पिड, बालाजु-मुड्खु, बुढानिलकण्ठ-टोखा, रामकोट, साँखु, ललितपुर लगायत काठमाडौं उपत्यका प्रवेशका मुख्य नाकाहरुमा सवारी साधनहरुको बाक्लो ओहोर दोहोर भएको छ ।

 

Subscribe Now